News Portal

  • अदालतले रिहाइ गरेलगत्तै विप्लव नेतृ भुजेल र नेता पाैडेल पुनः पक्राउ,झापा लैजाने तयारी

    रातोपोस्ट संवाददाता
    १५२७ पटक

    सुनसरी ।नेत्र विक्रम चन्द ‘विप्लव’नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकि मेची कोशी व्युरो इन्चार्ज  उमा भुजेल (शिलु )र कार्यलय सचिव तथा झापा जिल्ला इन्चार्ज  सुमनसिंह पौडेल अदालतको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् ।

    गत पुस १२ गते शनिबार बिहान सुनसरीको चक्रघट्टीबाट गिरफ्तार परेका उनीहरुलाई जिल्ला अदालत सुनसरीले आज १० हजार धरौटीमा रिहा गरेको थियोे।
    इजलास नम्बर २ मा भएको थुनछेक बहसपछि जिल्ला न्यायधिस धर्मराज पौडेलको एकल इजलासले नेतृ शिलु र पौडेललाई धरौटीमा रिहा गर्न आदेश दिएको सुनसरी जिल्ला अदालतका प्रवक्ता गोपाल प्रसाद गिरीले जानकारी दिनुभयो ।
    अदालतले रिहा गरेपनि उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको छ। धरौटी रकम बुझाएलगत्तै अदालत परिसरबाटै उनीहरुलाई प्रहरीले पुनः पक्राउ गरेको हो ।
    दुबैजनालाई झापा लैजाने तयारी गरिएको बुझिएको छ । उनीहरुको बिरुद्धमा झापामा अर्को मुद्धा रहेकाले त्यतै पठाउने तयारी भएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलले  जानकारी दिए ।
    यसअघि पुस १२ गते प्रदेश १ प्रहरी र विशेष ब्यूरो संयुक्त टोलीले भुजेल र सचिव पौडेललाई सुनसरीबाट पक्राउ गरि विस्फोटक सम्बन्धी मुद्धा चलाएको थियो ।
    तत्कालीन माओवादीका तर्फबाट गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य तथा पूर्वसांसद समेत रहेकी नेतृ भुजेललाई प्रहरीले यसअघि पनि काठमाडौंबाट पक्राउ गरेको थियो । सर्वोच्च अदालतको आदेश पछि उनी रिहा भएकी थिईन् ।
    भुजेल सहितको टोलीले २०५७ साल चैत १७ गते गोरखा जेल ब्रेक गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)