News Portal

  • आठ लाख रुपैयाँ घुससहित गाउँपालिका अध्यक्ष पक्राउ

    थाहा खबर
    ७८२ पटक

    काठमाडौं : गाउँपालिकाका एकजना अध्यक्ष ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

    जाजरकोट जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्ण बहादुर केसीलाई ८ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयको टोलीले रंगेहात पक्राउ गरेको हो।

    प्रदेश विकास परिषद्को बैठक भाग लिन सुर्खेत आएका बेला अध्यक्ष केसीलाई उपभोक्ता समितिबाट ८ लाख रुपैयाँ घुस लिएको सूचना आधारमा पक्राउ गरेको हो।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले गाउँपालिका अध्यक्ष केसीलाई उक्त घुससहित नियन्त्रणमा लिएको पुष्टि गरे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)