News Portal

  • अग्नि सापकोटाविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर, तत्काल पक्राउ गर्न माग

    रातोपोस्ट संवाददाता
    ३४८ पटक

    काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाका उम्मेदवार तथा सत्तारुढ नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई तत्काल पक्राउको माग गर्दै सर्वाेच्च अदालतमा रिट दायर भएको छ ।

    व्यक्ति हत्या आरोपी सापकोटालाई सभामुख बनाउन लागेको भन्दै नेकपाको चर्काे आलोचना भइरहेका बेला उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन माग गर्दै शुक्रबार सर्वाेच्चमा रिट दायर भएको हो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सापकोटालाई  तत्काल पक्राउ गरी उनीमाथि अनुसन्धान थाल्न माग गरिएको छ ।

    माओवादी युद्धकालमा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सापकोटाविरुद्ध परेका मुद्दा सर्वोच्च अदालतमा  विचाराधीन छ ।

    व्यक्ति हत्या आरोपीलाई सभामुख बनाउन लागेको भन्दै नेकपा र सरकारको कडा आलोचना भइरहेका बेला उनीविरुद्ध रिट परेको हो ।

    सभामुखमा उनको एकल उम्मेदवार परेकाले उनी निर्विरोध निर्वाचित भएका छन् । तर, औपचारिक रुपमा घोषणा हुन बाँकी रहेको छ ।

    आइतबार बस्ने प्रतिनिधि सभाको बैठकमा जेष्ठ सदस्यका हैसियतले बैठक सञ्चालन गर्ने महन्थ ठाकुरले सापकोटा सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् । तर, यसअघि शुक्रबार नै उनीविरुद्ध सर्वाेच्चमा पक्राउ गरेर अनुसन्धान गर्न माग गर्दै रिट परेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)