News Portal

  • पोल्याण्ड पठाइदिने भन्दै ६८ लाख ठगी गर्ने लामा पक्राउ

    रातोपोस्ट संवाददाता
    २९१ पटक

    काठमाडौं– पोल्याण्ड पठाइदिन्छु भन्दै ६८ लाखभन्दा बढी रकम लिएर ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा काभ्रेको रोशी गाउँपालिका–१२ घर भइ काठमाडौंको तारकेश्वर नगरपालिका–३ फुटुङ बस्ने ३८ वर्षीय गुनराज लामा छन् ।

    ठगी गरेको सम्बन्धमा परेको उजुरीका आधारमा महानगरीय अपराध महाशाखाको टोलीले लामालाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार लामाले काठमाडौं बस्दै आएका रामकृष्ण खड्कासहितका ९ जना व्यक्तिलाई रोगजारीका लागि पठाइदिने भन्दै ६८ लाख १७ हजार रुपैयाँ उठाएका थिए ।

    तर, उनीहरुलाई नेपालबाट युएईको दुबई हुँदै अजरबैजान पु¥याएर अलपत्र पारिएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)