News Portal

  • नेपालमा पनि भेटियो खतरनाक काेराेना भाइरसकाे संक्रमित,कसरी बच्ने उक्त भाइरसबाट?

    रातोपोस्ट संवाददाता
    ७२२ पटक

    काठमाडौं ।चिनमा २५ जनाको ज्यान लिइसकेको कोरोना भाइरसको संक्रमित नेपालमा पनि भेटिएको  छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने क्रममा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

    चीन सरकारले काेराेना भाइरस फैलन नदिन भन्दै देशका हुबेइ, वुहान, इउजु, चिवी, छियान्टो, कियान्जियांङ, झिजियांङ र लिचुआमालगायत आठवटा सहरमा सार्वजनिक स्थानमा आवत–जावतमा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण थाइल्याण्ड, अमेरिका, दक्षिण कोरिया, ताइवान, जापान, सिंगापुर र भितयमानसम्म फैलिसकेको छ भने नेपालमा समेत यसको संक्रमित भेटिएपछि उक्त राेग फैलने त्रास बढेको छ।

    काेराेना भाइरस संक्रमणका लक्षण

    • सुरूमा ज्वरो आउने तथा खोकी लाग्ने,
    • सास फेर्न गाह्रो हुने,
    • टाउको, जीउ दुख्ने,
    • साधारण चिसो, फ्लु वा न्यूमोनिया हुनसक्ने।

    बच्ने उपाय

    • नियमित रूपमा हात सफा गर्ने,
    • खोक्दा वा हाच्छिउँ गर्दा रुमालले मुख छोप्ने,
    • मासु र अण्डा राम्रोसँग पकाएर खाने,
    • कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने,
    • पशुपन्छी तथा जनावरबाट टाढा रहने

    विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले पछिल्लो समय देखा परेको याे रोगको उत्पत्ति श्वासनलीमा आक्रमण गर्ने ‘कोरोना’ वर्गको अपरिचित भाइरसबाट भएकोले बिरामीले खोक्दा, हाच्छ्युँ गर्दा र सास फेर्दा निस्किने जीवाणु स्वस्थ मानिसको नाक, मुख र आँखाको सम्पर्कमा आएर सरेको हुनसक्ने अनुमान गरेका छन् । र यससम्बन्धी छलफल गर्न डब्लुएचओले आज छलफल गर्दै छ । डब्लुएचओले काेराेना संक्रमण फैलिनसक्ने माध्यम हावा र पानीसमेत भएकोले यसबाट सावधानी अपनाउन भनिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)