रातोपोस्ट संवाददाता

काठमाडौं । नेपालमा पनि ‘कोरोना भाइरस’ संक्रमित भेटिएको छ ।
नेपालमा एकजना कोरोना भाइरसको संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्रालयले चीनबाट फर्किएकी एक जना नेपाली विद्यार्थी कोरोना भाइरस संक्रमति भएको पाइएको जानकारी दिएको छ ।
वुहानबाट फर्किएकी उनको टेकुमा स्वास्थ्य परीक्षण गरिएको थियो । शंकास्पद देखिएको ‘रिपोर्ट’लाई हङकङ पठाइएको र हङकङबाट कोरोना भाइरस पुष्टि भएको मन्त्रालयले जनाएको हो ।
कोरोना भाइरसले चीनमा महामारीको रुप लिँदै गएको छ । चीनबाट सो भाइरस अरु देशमा फैलिने क्रममा छ