News Portal

राजबन्दिकाे रिहाइ र एमसिसि खारेजीको माग गर्दै देशका विभित्र स्थानमा विप्लव नेकपाकाे प्रदर्शन

रातोपोस्ट संवाददाता
११३९ पटक

कालिकाेट ।नेेेेेत्र विक्रम चन्द (विप्लव )नेतृत्वको नेपाल कन्युनिस्ट पार्टीले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार राजबन्दीहरुको रिहाइ र एमसीसी खारेजीको विषयमा शुक्रबार कैलाली, कञ्चनपुर, कालिकोट, सुर्खेत, दाङ, रोल्पा, नवलपरासी, नवलपुर र चितवनलगायत देशैभरी फोटो सार्वजनिक गरी छलफल, भेटघाट र अन्तरक्रिया सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी कालिकोटले जिल्लाका विभिन्न ठाउँमा सरकारबाट गैरकानुनी रूपले गिरफ्तार गरिएका आफ्ना नेता कार्यकर्ताहरुको फोटो सार्वजनिकसहित प्रदर्शन गरेको छ । आफ्नो राजनीतिक तथा सांस्कृतिक अभियान तिब्र रूपमा गरिरहेको उक्त पार्टीले कालिकोटको माल्कोट सेरापाटामा विशाल जनसभासहित कार्यक्रम गरेको छ । उक्त कार्यक्रममा जिल्ला इन्चार्ज कर्ण भण्डारी ‘बिराट’ र जिल्ला सेक्रेटरी रणदिपले सम्बोधन गरेका थिए ।

उनिहरुले सरकारको तिव्र आलोचना गर्दै  दलाल सरकारका विरुद्ध देशवासी र राष्ट्रप्रेमी आम नेपालीलाई आफ्नो राष्ट्रिय जनजागरण अभियानमा सहभागी हुन अनुरोधसमेत गरे । एमसीसी सम्झौतालाई कुनै पनि हालतमा पास हुन नदिने यदि पास भएमा कडा संघर्षमा जाने चेतावनी दिए ।

त्यसैगरी सुर्खेतमा पनि नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले आस्थाका बन्दीहरू रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् । गृहमन्त्री रामबहादुर थापा ( बादल ) सुर्खेतमै रहेका बेला कडा सुरक्षा घेराबीच पनि राजबन्दीहरुको फोटोसहित प्रदर्शन गरेका हुन् ।

त्यसैगरी कैलाली र कञ्चनपुर जिल्लामा पनि राजबन्दीहरुको रिहाई र एमसीसी खारेजीको माग गर्दै विभिन्न ठाउँमा फोटो प्रदर्शन गरेका छन् ।

यस्तै नवलपुरको विभिन्न क्याम्पस तथा विद्यालयहरुमा राजबन्दी रिहाइ र एमसीसी खारेजको विषयमा फोटो सार्वजनिकसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । विवादित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको विरुद्ध देशव्यापी भन्डाफोर आन्दोलनका कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरिएको बताइएको छ ।

माघ १५ गतेसम्मका चरणबद्ध विभिन्न कार्यक्रमको सार्वजनिक गरेको नेकपाले एमसीसी सम्झौता सदनबाट पारित गरिए नेपाल बन्दलगायत विभिन्न किसिमका सङ्घर्ष गर्नेे चेतावनी दिइसकेको छ ।

प्रतिकृया दिनुहोस्