News Portal

  • झापामा सशस्त्रले बुझायो १ करोड मूल्य बराबरको अवैध सामान

    रातोपोस्ट संवाददाता
    ४४५ पटक

    झापा । सशस्त्र प्रहरी बल नम्बर ८ राजस्व तथा भन्सार सुरक्षा गुल्म काँकरभिट्टाले शुक्रबार ५ लाख ६१ हजार मुल्य बराबरको सामान मेची भन्सार कार्यालय बुझाएको छ ।

    सशस्त्र प्रहरी निरिक्षक दिव्यराज कोइरालाको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध रुपमा नेपाल ल्याईदै गरेको अवस्थामा ५ लाख ६१ हजार ५ सय १० मूल्य बराबरको विभिन्न मालवस्तुहरु बरामद गरेको थियो ।

    बरामद गरिएको वस्तुहरुमा मोटर पार्टस्, लत्ता कपडा तथा विभिन्न प्रकारका गैरकानुनि रुपमा ल्याईएको औषधिहरु रहेका छन् । उक्त वस्तुहरु शुक्रबार नै मेची भन्सार कार्यालयमा दाखिला गरिएको बताईएको छ ।

    पूर्वी नाका काँकरभिट्टामा भन्सार छलि गरी साथै गैरकानुनि ढङ्गबाट चोरी तस्करी हुने बस्तुहरु सशस्त्र प्रहरीले नियन्त्रण लिदै आइरहेको छ ।

    गत ५ महिना यता सशस्त्र प्रहरी बल नम्बर ८ गुल्म काँकरभिट्टाले १ करोड मुल्य बराबरको सामानहरु भन्सार दाखिला गरिसकेको छ ।

    सशस्त्र प्रहरी नायब उपरिक्षक ज्ञानमणि पौडेलका अनुसार भन्सार , नेपाल प्रहरी तथा स्थानियहरुसँगको सहकार्य, गस्ती तथा सुचनाका आधारमा उक्त अवैध वस्तुहरु बरामद गरिएको हो ।

    प्रहरीले यस्ता तस्कर तथा अवैध आयतकर्ताहरुलाई निरुत्साहित गर्न साथै अन्य पेशामा लाग्नको लागि परामर्श समेत गर्ने गरेको बताइएको छ । राजस्व चुहावट तथा अवैध वस्तुको आयातहुन नदिन आँफूहरु दिलोज्यान दिएर लागिरहेको सशस्त्रप्रहरी अधिकारीहरुको भनाई रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)