News Portal

  • हल्दिवारीमा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु

    रातोपोस्ट संवाददाता
    १७२३ पटक

    गोल्धाप । झापाको हल्दिवारी गाउँपालिकामा दोस्रो अन्तर विद्यालयस्तरीय अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको छ ।

    सबैका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ  गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता शुरु भएको हो ।

    शुक्रवार जनजागृति माध्यमिक विद्यालय गोलधाप  खेल मैदानमा  अध्यक्ष तथा उपाध्यक्ष खेलकुद प्रतियोगिता उद्धघाटन गर्दै प्रदेश सांसद बसन्त बाँनियाले शिक्षासँगै खेल क्षेत्रमा सबैको लागि आकर्षण र मनोरञ्जनको क्षेत्र भएकाले राज्य यसको विकासमा लागिरहेको बताए ।

    यस्तै कार्यक्रममा संविधानसभा सदस्य मोहन टुडुले हल्दिवारी गाउँपालिकाले शिक्षा र खेल क्षेत्रमा गरेको प्रगति अन्य स्थानीय तहलाई पनि सिकाई हुन सक्ने बताए ।

    गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङदेन ” खेलाडीलाई खेल क्षेत्रमा रोजगार दिने हाम्रो उदेश्य रहेकाे छ, गाउँपालिकाले शिक्षा र खेलकुद क्षेत्रमा बजेटमा छुटाइएकाे बताए।

    लिङदेनले भने –  हल्दिवारी गाउँपालिकालाई शिक्षा र खेलकुदको माध्यमबाट देशभर चिनाउने अभियानमा लागेकाे बताए ।

    उद्धघाटन कार्यक्रममा स्थानीय कला संस्कृति झल्किने जातीय झाँकी नृत्य ,खेल प्रशिक्षकहरुबाट कराँतेको काँता , मार्चपास प्रस्तुत गरिएको वडा नम्बर १ का वडाध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिए ।

    सोहि अवसरमा दुई खेलाडीलाई सम्मान गरिएको छ । राष्ट्रिय कबड्डी खेलाडी अनुजा राई र बक्सिङ खेलाडी अर्जुन शिगुलाई नगद सहित सम्मान गरिएको छ ।

    माघ १७ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा फुटवल, भलिवल,कपर्दी, दौड, रिले दौड, लङ जम्प, हाइजम्प , ट्रिपल जम्प, ज्याम्लिङ थ्रो,सटफुट, कराँते र बक्सिङमा विधार्थी प्रतिष्पर्धा गर्नेछन् । कार्यक्रमकाे अध्यक्षता शिक्षा समिति अध्यक्ष डम्बरबहादुर गिरी गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)