News Portal

माेरङकाे केराबारी स्थित गाउँपालिका भवनमा बम विष्फोट,स्थानीय त्रसित

रातोपोस्ट संवाददाता
१२६३ पटक

बिराटनगर ।माेरङकाे केराबारी स्थित गाउँपालिका भवनमा अज्ञात समुहले बम विष्फोट गराएको छ।हिजो शुक्रबार राति अन्दाजी ९:३० बजेको समयमा गाउँपालिका भवनमा विष्फोट भएपछि स्थानिय वासिन्दा त्रसित बनेका छन्।

एक साता अघिमात्र माेरङकाे मिक्लाजुङ गाउँपालिका स्थित निर्माणाधीन सडकमा रहेका तीन वटा स्काभेटरमा अज्ञात समुहले बम विष्फोट गराई ध्वस्त बनाएको थियोे भने झापामा पनि स्काभेटरमा आगजनी गरेको थियोे ।

हिजो भएको बिस्फोटबाट गाउँपालिका भवनको झ्यालकाे  सिसाहरु फुटेका छन भने एकथान जेनेरेटर क्षतिग्रस्त भएको छ । बम विस्फोटसँगै नजिकैको बर्षा चौकमा पनि  बम जस्तै देखिने शंकास्पद बस्तु फेला परेको र उक्त स्थानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा कसको संलग्नता रहेको भन्ने एकिन हुन नसकेको र अनुसन्धान भैरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्