News Portal

  • तामाङ समुदायले आज सोनाम ल्होछार पर्व मनाउँदै

    रातोपोस्ट संवाददाता
    ८९० पटक

    काठमाडौं : तामाङ समुदायले आज २८५६ औं सोनाम ल्होछार अर्थात् नयाँ वर्ष विविध कार्यक्रम गरी मनाउँदैछन्।  हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाइने ल्होछारको अवसरमा घरघरमा पूजापाठ, खानपिन, ठूलाबडाबाट टीका तथा आशीर्वाद ग्रहण, शुभकामना आदानप्रदान र सामूहिक रुपमा विविध मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन छ।

    मञ्जुश्री पात्रोअनुसार आजदेखि सुँगुर वर्षलाई बिदाइ गरी मुसा वर्षलाई स्वागत गरिएको छ।  वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रीय प्रणालीअनुसार गणना गरिने प्राचीन पद्धति हो।

    नेपालका तामाङसहित ह्योल्मो, थकाली समेतले नयाँ वर्ष अर्थात् सोनाम ल्होछार मनाइरहँदा चीन, सिंगापुर, मलेसिया, भारत, थाइल्यान्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यानमार, जापानलगायतका देशमा समेत फरकफरक नाम र शैलीमा आजैका दिन नयाँ वर्ष मनाइँदैछ।

    ल्होछारका अवसरमा आज नेपाल तामाङ घेदुङलगायत विभिन्न संघसंस्थाको आयोजनामा काठमाडौंको टुँडिखेलमा विशेष सांस्कृतिक कार्यक्रम हुँदैछ। सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिको प्रदर्शनी गरिने आयोजकले जनाएको छ।

    बौद्धनाथ क्षेत्र विकास समितिले नेपाल भ्रमण वर्षसँग जोडेर बौद्ध क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होछार मनाउन लागेको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)