News Portal

कमरेड प्रचण्ड रातो सलाम-व्रिगेड कमान्डर विकल्प(जिल्ला कारागार कास्कीबाट)

रातोपोस्ट संवाददाता
६७७६ पटक

आदरणीय कमरेड प्रचण्ड (अध्यक्ष)
लाल सलाम !

याे पत्र लेखाैँँकि नलेखाै भनेर दाेधारमा झण्डै ३ बर्ष बिताएँ। लेख्नै पर्छ भन्ने लागेर हिम्मत जुटाएकाे छु । दिवंगत प्रिय भाई प्रकाश प्रति श्रद्धासुमन टक्राउँछु, र सुन्दैछु आदरणीय कमरेड सीता दाहाल बिरामी हुनुहुन्छ ! सिघ्र स्वास्थ लाभकाे कामना गर्दछु।

कमरेड मैले याे पत्रकाे प्रारम्भमा आफ्नो छाेटाे परिचयकाे खाँचो महसुस गरेकाेछु । राेल्पाकाे थुर्पा लेकमा पहिलो पटक मैले तपाईंलाई प्रत्यक्ष रुपमा भेटेकाे छु, हात मिलाएको छु, शैन्य भेलामा तपाइले दिएको उद्घाटन मन्तव्य सुनेकाे छु ।

त्याे क्षणमा मलाई संसारकाे सबै भन्दा भाग्यमानी भएकाे महसुस गरेकाे थिएँ । रुकुमका कमरेड याेद्धाजीले तपाइँकाे लामाे कपाल मिलाई दिँदा नजिकै उभिएर श्रद्धाभावका साथ हेरिरहेको गाेराे वर्णकाे पातलाे अग्लाे केटा म थिएँ ।

तपाईंहरु (छापामार)काे जस्तो धेरै छाेटाे चाहिँ नबनाउनुहाेला है, ठिक्क मिलाई दिनुहाेला… । तपाइले गर्नुभएको सरल भाषाको निवेदनलाई मैले उत्सुकताकासाथ नाेट गरेकाे थिएँ। पछि थाहापाएँ शहरतिर हिँडडुल गर्दा, रहदा त्यो कपालले क्यामाेफ्लाइज (छल) गर्न सहज हुन्थ्यो ।

हरदम रुपमा दुश्मनकाे इलाकामा समेत हिँडडुल गर्नुपर्ने भएकाेले त्यसाे गर्नुपरेकाे रहेछ । स्मरण रहाेस त्यतिबेलासम्म क. प्रचण्डकाे कुनै खाले तस्बिर सार्वजनिक भएको थिएन। दाेश्राे प्रत्यक्ष भेट जनमुक्ति सेना नेपालकाे पहिलो राष्ट्रिय भेला कुरेलीकाे उपवाङमा भएकाे थियोे ।

यतिबेला  आधा फुलेको दारी जुङ्गाहरु झपक्क पालिएकाे थियोे । निकै पृथक रुपमा भेटे थुर्पामा त तन्नेरी, चंख र भर्खरकाे जुझारु युवा लागेकाे थियोे । त्यतिबेला म RAF प्लाटुनकाे कमाण्डर थिएँ ।

मालेमावादी दर्शन, राजनीति, शैन्यविज्ञान र अर्थशास्त्रमा अदभुत क्षमता, ज्ञान, ताकतसिहत दुरदृिष्टले भरिपूर्ण सम्पुर्ण युद्धकाे प्याकेज भएकाे जनताकाे असल क्रान्तिकारीकाे नेतृत्व भएकाे महसुस भएकाे थियोे ।

तेश्राे पटक चाहिँ दाेश्राे खाराकाे लडाइँको कार्ययाेजना बनाउदा र लडाइँबाट फर्किएपछिको समिक्षात्मक बैठकमा तपाईंकै राेहवरमा छलफलमा सामेल छु ।

जित्नै पर्ने लडाइँबाट फर्किनुपर्दाकाे पिडा राख्दै गर्दा तपाइकै सामुन्नेमा बलिन्द्ाधार आँशु बगाएकाे छु । मैले लेखेकाे एउटा लेख “खारा माेर्चाका ऐतिहासिक शिक्षाहरु” प्रकाशित भएपछि मेराे आदर्शकाे कमाण्डर दाइ क. पासाङलाई परेकाे चाेटलाई अहिले पनि स्मरण गर्छु। संम्भवतः यसवारेमा चुनवाङ बैठक सम्पन्न जनरल स्टाफकाे बैठकमा समेत छलफल भएकाे थियो ।

मेरा कमाण्डर जसले महतकाे लडाइँमा लडाइँलाई अध्ययन नै नगिरकन बङकर छेउमा पुग्ने र प्युठानकाे भिंगृमा अाफ्नाे ग्रुपलाई नै नभेट्ने युवाहरुलाई सक्षम बनाउनु भयाे ।

युद्धका सम्वन्धमा शैन्य विज्ञान , युद्धकलाका सम्वन्धमा अमुल्य ज्ञान सिकाउनु भयाे र मलाई कमाण्डर बन्न लायक मात्रै हाेइन, हार्नु नजान्ने कमाण्डर बनाउनु भयाे ।

उहाँ प्रति म सँधैभरी सकारात्मक तथा आभारी छु । मैले केवल तपाइँले गर्नु भएकाे खारा माेर्चाकाे ३ बुँदे संश्लेषणकाे व्याख्या मात्रै गरेकाे थिएँ ।

त्यसले पारेकाे भ्रमप्रति क. पासाङसँग क्षमा मागिसकेकाे छु । अन्तिम युद्धिवराम र शान्ति वार्ताको प्रारम्भमा तपाईं मकवानपुरकाे हाँडीखाेला (चकरमकरी) आउँदा म त्यहाँको व्रिगेड कमाण्डर भएकाेले सम्पुर्ण सुरक्षा व्यवस्थाकाे काम गर्ने अवसर पाएकाे थिएँ ।

क. पासाङकाे निर्देशन अनुसार हामीले आफ्नो भुमिका सफलतापूर्वक निभाएका थियौं। एकिदन बिहानै आफ्नाे रुममा कुमार दाई (हरी अधिकारी) र मलाई भेटेर हाम्राे जनमुक्ति सेनाकाे मनाेविज्ञान कस्तो हालतमा छ भनेर चासाे राख्नु भएकाे थियोे ।

हामीले छाेटाे रिपोर्ट गर्‍याैं । त्यसपिछ तपाइँले सबै साथीहरुलाई लड्नका लागि तयारी हालतमा राख्नुहाेला लड्नु पर्छ भन्ने कुरा बिर्सनु हुदैन । हामीले जनताकाे राज्य सत्ता ल्याउनकाे लागि लड्नै पर्छ ।

प्रतिक्रियावादी साशकहरुले याे वार्ताबाट हामीलाई केही दिने छैन । यसै माैकामा हामीले सबै तालि लगायतका तयारीका कामहरुलाई घनिभुत पार्नुपर्छ ।

जनताकाे मुक्तिका निम्ति लड्नुकाे विकल्प छैन । वार्ता युद्धकाे अर्को राजनैतिक माेर्चा हाे, याे ट्याक्टिस मात्र हाे । हामीले अब एउटा अन्तिम युद्धकाे घनिभुत तयारी गर्नुपर्छ है ! साथीहरुलाई यही सन्देश सुनाउनुहाेला है ।

याे गहन महत्वकाे भनाइसँगै तपाईं सिक्नेस हुँदै राजधानी काठमाडाैं हिँड्नु भयाे । दुई कराेड असी लाख अाशावादी नेपाली जनताकाे पक्षमा केही गर्नुपर्दछ भन्ने विश्वासकासाथ एउटा लहर अायाे देशभर ।

त्यसपछिका कयौं पार्टीका वैठक, सभा, समाराेहहरुमा तपाईंलाई सुनेकाे छु । पार्टीले बनाएकाे ठुलो पर्दाकाे चलिचत्र लालसलाम पनि नजर गर्नुभएको छ । यसकाे थाेरै भन्नुपर्ने छ तर याे परिचयमा अब बढी नलेखाैँ। बरु प्रदिप नेपाल सरकाे खेदपुर्ण, दुरासययुक्त भनाइसँगै केहि बुँदागत सवालहरु राख्ने अनुमित चाहन्छु ।

दुई कम्युनिस्ट एक गराउनमा तपाईंको भुमिका के ?

— मैले धेरै पहिला प्रचण्डलाई एमालेमा  आउनुस बरिस्ठ नेता बनाउछाैँ भने, टाउकाे हल्लाउनु भयाे, मेराे कुरा मन पराउनु भएन मैले त एउटा एजेन्डा हालिदिएकाे मात्र हाे ।

एक भएकाे राम्राे तर हाम्राे र उहाँहरुकाे कार्यशैलीनै मिल्दैन। हामी सदाचारी हाैँ । महरा जस्ताे केशमा मैले देश निकाला गरेकाे छु । हामी त्यस्ताेमा हुर्क्याैँ।

उहाँहरु याैन स्वतन्त्रतामा हुर्किनु भयाे । उहाँहरू जबर्जस्तीमा हुर्कनु भयाे, हामी निर्देशनमा हुर्क्याैँ। सेल्टर बनाउनु पर्‍याे भने जनता कहाँ जाने निर्देशन गर्ने , आफु सानाे हुने, सेल्टरदातालाई ठूलाे बनाउने हाम्राे चरित्र ।

उहाँहरु बन्दुक लिएर जाने, हकार्ने नभए ढ्वाङ्ग पार्ने किसिमले आउनु भयाे । वर्ष २५, अंङ्क ३४, २०७५ साल मंसिर ४ गते बुधबार साप्ताहिकमा प्रकाशित अन्तर्वार्ता नेकपा नेता लेखक प्रदिप नेपाल।

कमरेड तपाईं यतिबेला नेकपा कै कार्यकारी अध्यक्ष हुनुहुन्छ । तपाईं कै पार्टीको जिम्मेवार नेताबाट यति घटिया, पतित र जति घृणा गरेपनि नपुग्ने बिचार सार्वजनिक भैरहेकाे छ । माआेवादी र दशवर्षे जनयुद्धकाे याे भन्दा विवेकशुन्य मूल्याङ्कन के हुन सक्छ ! के माअाेवादी महान जनयुद्धले विकास गरेकाे , संरक्षण गरेकाे र लागु गरेकाे सँस्कार यहि हाे त ? महरा सर प्रति यति धेरै प्रहार किन ? के महारालाई लागेकाे  आराेप याे पृथ्वीमा अरु कसैलाई लागेकाे छैन ? कुनै अर्को ग्रहमा देखिएको समस्या हाे र महरा सरकाे ? महरा राजनीतिक कर्मि हुन् । राजनीतमा लाग्ने आराेप प्रत्याराेपवारे उनी अज्ञात त छैनन् हाेला ।

महरालाई लगाइएकाे  आराेप, कथित मानसिक पीडित महिलाकाे नाटक अनि विभिन्न खाले टीकाटिप्पणी बारे हामी जानकार नै छाै ।

करणी गरिएको भनेर त कतै भनिएकाे छैन करणि प्रयास (उद्याेग) काे शिर्षकमा मुद्धा दर्ता भएकाे छ । अदालतले हेर्दै छ ।

प्रदिपजीहरु किन यति धेरै रमाउनुभएकाे छ ? पागलपूर्ण तर्कहरु राख्दै किन महान जनयुद्धकाे सुन्दर इतिहासको मान्यतालाई खरानी बनाउने सपना देख्दैछन् ? हामीलाई थाहा छ करणि गरिएको भनेर दर्ता गरिएको गम्भीर प्रकृतिको मुद्धामा समेत जाहेरी पक्षले प्रतिवादीलाई लगाएकाे  आराेप झुठो हाे। मलाई केही भएकै हैन वा हाम्राे सहमतमा खुसीसाथ सम्वन्ध भएकाे हाे भन्ने व्यहाेराकाे इन्कार बयान अदालतमा बुझाएको , प्रतिवादी सामान्य धराैटीमा छुट्ने प्रावधान छ ।

फैसलामा सफाइ पाएकाे नजिरहरु प्रसस्तै छन् । तर महरालाई अन्यायपूर्ण ढंङ्गले जेल चलान गरिएको हाे । अाफ्नै पार्टीका नेताहरु देश निकाला गर्ने धम्की दिन्छन् ।

याे के हाे ?

भाेली तपाईँलाई र सिङ्गो माअाेवादी जनयुद्धबाट सिंहदरबार छिरेका नेताहरुलाई पालैपालाे कुनै न कुनै काण्डकाे ग्राण्ड डिजाइन बनाएर जेलहाल्ने त होइनन् !

महरामाथिको आक्रमण र पार्टीका नेताहरुबाट देखिएको गैह्र जिम्मेवार व्यवहारले त एमालेमा गाभिनु भनेकाे आत्महत्या गर्नु सरह हाे भन्ने कुराकाे पुष्टि गर्न सक्दछ, हाेइन र ?

अनि महरा सरलाई प्रहरीले हिरासतमा काेच्दै गर्दा सहकर्मी अर्का जाेख बहादुर महरा सरले काठमाडाैंमा अढाई कराेडकाे महल किनेर भित्रनु भयो भन्ने खबर सुन्दा नमज्जा लाग्याे ।

नाइट बस र स्काभेटरकाे मालिक समेत बन्नु भएकाे बर्षाैँ देखि तपाईं सँगै हुनुहुन्छ । हामीले यसलाई संयाेग हाे भनेर मात्र बुझ्ने अथवा कसरी बुझ्ने ? तपाईँकाे निजि सचिवालयकाे नेतृत्व गरिरहेको एउटा महरा काठमाडाैंमा सपनाकाे महल किनेर तामझाम पुर्वक भित्रिँदै गर्दा अर्को महरा प्रहरी हिरासतकाे कष्टडीमा थुनिँदै गरेकाे समाचारले मनमा खिन्नता आउँछ । यसबारे समेत प्रस्ट पार्न जरुरी छ ।

— हामी १७/१८ वर्षकाे कलकलाउँदाे उमेर सुन्दा भविष्यकाे सपना, व्यक्तिगत जीवनका सबै सम्वन्धहरुलाई तिलाञ्जलि दिएर नयाँ जनवादी व्यवस्थाकाे स्थापनाकाे लागि भनेर नेकपा (माअाेवादी) पार्टी र महान जनयुद्धकाे भिषण प्रकृयामा सामेल भयाैँ ।

हामीलाई जीवन भन्दा प्याराे आफ्नाे पार्टी र जनता प्रतिकाे जिम्मेवारी ठूलाे भन्ने लाग्नु स्वभाविक थियोे । तर ति सबै सपनाहरु आज तुहिएका छन् । यति छिट्टै माअाेवादी आदर्शकाे सम्पूर्ण मुल्य मान्यताहरुमा आफैंले आगाे लगाएर खरानी बनाउनु भयाे हैन ?

—तपाईंलाई आफ्नाे खुशी अनुसार जिउने अधिकार छ । तपाईँकाे हामी बाधक बन्न पनि सम्भब छैन, तर तपाईं एउटा भव्य र महान माअाेवादी १० वर्षे जनयुद्धकाे सर्वोच्च कमाण्डर भएर हामी जस्तो हजाराैं युवाहरुलाइ नयाँ जनवादी व्यवस्थाकाे शिक्षा दिएर ठूला–ठूला सपनाहरु देखाएर आज अलपत्र पार्ने अधिकार चाहिँ तपाईंलाई पनि छैन।

तपाईंकै स्कुलिङबाट प्रशिक्षित नेता, संगठन र जनताकाे संघर्षको निराशता पनि त्याे तपाइकाे  आजकाे प्राप्ति र गमनकाे खातिर कुनै पनि बेला खतरा बन्न सक्छनि हैन ?

अध्यक्ष महाेदय तपाइले बनाउनु भएकाे महान, सुन्दर र मिठाे सपनाकाे खेती सिमलकाे भुवा भन्दा पनि हलुङ्गाे भयाे । तपाईंले स्वर्गीय एमालेका नेता मदन भण्डारीकाे राजनैतिक कार्यक्रम “जनताकाे वहुदलिय जनवाद”लाई आज आफ्नाे पथ प्रदर्शक सिद्धान्त मानेकाे देख्दा जनयुद्धमा “जवज”काे खण्डन गर्दै लेखेका तपाइका कयाैं लेखहरु मज्जाले हाँसिरहेका छन् ।

— हामी जस्तै हजाराैँ नेता र कार्यकर्ताहरूलाई अझै पनि त्याे दिनको प्रतीक्षा छ–जुन दिनका लागि हामीले संगै संकल्प गरेका थियौँ । बर्ग बिहिन साम्यवादी समाज प्रतिक्रियावादी साशकहरुसँगकाे वार्ता वा शान्तिपूर्ण संघर्षबाट मात्रै आउँदैन भनेर तपाइले नै दिएको प्रवचनकाे राम्राे याद छ ।

अहिले पनि विश्वास छ। संसिदय व्यवस्थाबाट जनताकाे सुदिन आउन सक्दैन । याे त “बाहिर खसीकाे टाउकाे झुन्डाएर भित्र कुकुरकाे मासु बेच्ने पसल हाे” हैन ?

— याे समय वास्तवमा संकटकाे हाे । याे शान्ती पनि अस्थायी हाे । संसिदय व्यवस्थाकाे रस खाएर सिंहदरबारमा रमाइरहेकाछन् वा याे संसदवादका खिलापमा जनताकाे सत्ता स्थापनाका खातिर संघर्षको बाटाे पछ्याइरहेकाहरु नै किन नहुन सबैकाे अग्नी परीक्षाकाे समय हाे ।

के हामीले यहाँबाट देश र जनताकाे वास्तविक पीडा, अभाव, गरिबीका कारण छताछुल्ल आक्राेशलाई सही ढंङ्गले संबाेधन गरेर पार लगाउन र सुध्रिनु सक्छाैँ ?

एउटा पक्षलाई यी सवाल निकै कठिन छन् । कसरी संभव छ र ? जसले  आफ्नै विगतलाई बिर्सिएकाे छ, संभव चाहन्न, त्यसले आफ्नाे भविष्य बनाउन पनि सक्दैन । युद्धकाे भर्‍याङ चढेर सपनाकाे शहरमा महल, गाडी र एैसपुर्ण जीवनकाे मस्ति लुटीरहेकाहरुकाे लागि त्याे प्रतिवद्धता र संकल्प झुर वकवास लाग्ने छन् ।

हजाराैँ शहीदहरुकाे आत्माले धिक्कारेर पाे के भाे र हैन ?

— अन्त्यमा जनताकाे अधिकार सुनिश्चित गर्न र भ्रष्टहरुकाे लुटतन्त्रलाई खतम गर्न भनि संघर्षको बाटाेमा लागेकाे नेकपालाई प्रतिबन्ध नै लगाउनु पर्थ्याे र ? एउटा कम्युनिस्ट सरकारले यस्तो निर्णय गर्दा तपाईंले खुसी मनाउनु पर्ने कारण त नहाेला ।

कृपया आफ्नाे विरासतलाई साक्षी राख्दै यसबारे केहि त बाेल्दीनु हाेला । भन्दै यसपाली विदा भएँ लालसलाम !

लेखक:तत्कालीन माओवादी जनमुक्ति सेनाका व्रिगेड कमाण्डर विजय केसी “विकल्प “हुनुहुन्छ । हाल उहाँ कास्की कारागार पाेखरामा विगत ४ वर्षदेखि जेल जीवन बिताइरहनु भएको छ।

प्रतिकृया दिनुहोस्