रातोपोस्ट संवाददाता

कास्की। एन्फा कास्की अध्यक्ष मिलन गुरुङ गुरुङमाथि हातपात गरेको आरोपमा पक्राउ परेका गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) धरौटीमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय, कास्कीले मनाङेलाई आइतबार ६ हजार धरौटीमा रिहा गरेको हो। रिहा हुनुअघि आजै सरकारी वकिलको कार्यालयमा मनाङेसँग बयान लिइएको थियो।
रिहा भएपछि प्रतिक्रिया दिँदै मनाङेले ठग मिलन गुरुङविरुद्ध सफल भएको बताए। ‘एन्फा भ्रष्टाचार अब उजागर हुन्छ, यसको सुरुआत मैले गरेँ,’ उनले भने।
मनाङेले आफूमाथि कुटपिट गरेको भन्दै एन्फा अध्यक्ष गुरुङले मंगलबार प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा प्रहरीले मनाङेलाई पक्राउ गरी दुर्व्यवहार तथा फौजदारी अभियोगमा मुद्दा दायर गरेको थियो। फागुन १३ गते उनलाई तारेख तोकिएको छ।