News Portal

  • एमसिसिका विरुद्ध कालिकोटमा विप्लवकाे जनप्रदर्शन,अटेर गरे देश युद्धमा जाने चेतावनी

    रातोपोस्ट संवाददाता
    २८४० पटक

    कालीकोट।नेत्र विक्रम चन्द (विप्लव ) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालीकोटमा एमसीसी विरूद्ध  जनप्रदर्शन गरेको छ ।

    कालिकोटको नरहरिनाथ, लालुमा भएको जनपर्दशनपछि अायोजित सभालाई जिल्ला ईन्चार्ज बिराट र सेक्रेटरी  रणदिपले सम्बोधन गरेका थिए । उनीहरूले सम्बोधनका क्रममा राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट पारित गरिए दलाल हरुको सिरानीमा बम विस्फोट गराउने चेतावनी दिए ।

    देशभर प्रतिबन्धित रहेकाे विप्लव नेकपाले कालिकोटमा भने खुल्ला कार्यक्रम गर्दै आएकाे छ।खुल्ला सभालाई सम्बाेधन गर्ने क्रममा सेक्रेटरी रणदिपले सरकारले जबर्जस्ती एमसिसि सम्झौता पारित गरे देश युद्धमा जाने खतरा रहेको बताए ।

    कार्यक्रमलाई सम्बोधन गर्दै कालिकोटका ईन्चार्ज बिराटले राष्ट्रघातिहरु शिर ठाडो गरेर हिड्ने र राष्ट्रबादीहरु लुक्ने स्थीतीको अन्त्य एकीकृत जनक्रान्तीले मात्र गर्ने उल्लेख गरे । उनले राष्ट्रियताका लागि सबै नेपालीहरुले अाफ्नो पार्टीलाई सहयोग गर्नु पर्ने बेला अाएको धारणा ब्यक्त गरे ।

    जिल्ला सेक्रेटरी रणदिपले एमसीसी सम्झौता गरेर नेपालको शुरक्षा निकायको ठूलो अपमान हुनेगरि अमेरीकी सेनाको क्याम्प राख्ने रणनीतिका बिरुद्द मर्न तयार हुने तर एमसीसी पारित गर्न नदिने दाबी गरे ।

    जनसभामा केन्द्रीय सामना परिवार र ब्युरो कलाकारले कार्यक्रम प्रस्तुत गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)