News Portal

  • शिवसताक्षीका नगरप्रमुखले चलाएको गाडी दूर्घटना

    रातोपोस्ट संवाददाता
    १५३३ पटक

    झापा। शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले चलाएको गाडी आज  दुर्घटनामा परेको छ ।

    दमक नजिकैको रतुवा खोलाको पुलमा आज दिउँसो गाडी दुर्घटनामा परेको हो । मे १ झ १५२ नम्बरको शिवसताक्षी नगरपालिकाको उक्त गाडी नगरप्रमुख शेर्माले चलाएको जनाइएको छ ।

    विपरीत दिशाबाट आएको ट्रिपरसँग ठक्कर खाएपछि गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
    गम्भीर प्रकृतिको देखिने उक्त दूर्घटनाबाट नगरप्रमुख शेर्भा भने सकुशल छन् । उक्त गाडीमा नगरप्रमुख शेर्मा मात्रै सवार थिए ।

    मेयरका भतिजासमेत रहेका गाडी चालक कर्ण राईका अनुसार शेर्मा औषधी किन्न दमक जाँदैगर्दा गाडी दुर्घटनामा परेको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)