News Portal

नयाँ पत्रकारले अब लाइसेन्स लिन जाँच दिनुपर्ने प्रावधान

रातोपोस्ट संवाददाता
६०५ पटक

काठमाडौं।अब पत्रकारिता गर्न चाहनेहरुले लाइसेन्स परीक्षा दिनुपर्ने भएको छ ।

हाल पत्रकारिताको क्षेत्रमा कार्यरत पत्रकारको हकमा भने यो व्यवस्था लागू नहुने व्यवस्था रहेको छ ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले मिडिया काउन्सिल विधेयकमाथि छलफलका क्रममा नयाँ आउने पत्रकारले लाइसेन्स परीक्षा दिनुपर्ने विषयमा सहमति जुटाएको हो ।

समितिमा भएको सहमतिअनुसार विधेयकको दफा १७ मा पत्रकारको लाइसेन्स परीक्षा दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था राखिनेछ ।

जसमा पत्रकारको रुपमा काम गर्न चाहनेको लागि लाइसेन्स परीक्षा सञ्चालन सोको सामान्य व्यवसायिक पत्रकारिता, पाठ्यक्रम मिडिया काउन्सिलले तोके बमोजिम हुने उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्