News Portal

  • तेस्रो कचनकवल गोल्डकप माघ २७ गते देखि सुरु

    रातोपोस्ट संवाददाता
    ७६३ पटक

    भद्रपुर: झापाको कचनकवल गाउँपालिकामा तेस्रो कचनकवल गोल्डकप नकआउट प्रतियोगिता माघ २७ देखि फागुन ५ गते सम्म आयोजना गरिने भएको छ।

    आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले बनियानी युवा क्लबले बनियानी खेल मैदानमा माघ २७ देखि फागुन ५ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागेको मंगलबार कचनकवलमा  पत्रकार सम्मेलनमा जानकारी दिइयो।

    कचनकवल गाउँपालिका खेलकुद विकास समितिको विशेष सहयोग हुने प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी आठ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष हरि बस्नेतले जानकारी दिए।

    उक्त प्रतियोगितामा आयोजक बनियानी युवा क्लब, जलथल फुटबल क्लब झापा, रेड हर्ष फुटबल क्लब इलाम, उर्लाबारी फुटबल क्लब मोरङ, ताल तलैया फुटबल क्लब सुनसरी, चर्च ब्वाइज युनाइडेट ललितपुर, युनाइटेड फुटबल क्लब दार्जिलिङ भारत र मानेभञ्जाङ फुटबल क्लब पश्चिम बंगाल भारतले सहभागिता जनाउन लागेको अध्यक्ष बस्नेत बताए।

    प्रतियोगिता संचालनका लागि १६ लाख ५ सय  रुपैयाँ  खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट बचत भएको रकम गाउँपालिकाको खेलकुद क्षेत्रकै स्तरोन्नतिका लागि खर्च गरिने बस्नेतले बताए

    प्रतियोगिता आयोजना गर्न प्रदेश १ सरकारअन्तर्गत प्रदेश सांसद कोषबाट वसन्त बानियाँले ३ लाख २५ हजार, कचनकवल गाउँपालिकाले ३ लाख, बाँकी रकम विभिन्न दाता र टिकटबाट संकलन गरिनेछ।

    विजेता टिमलाई नगद एक लाख ५० हजार र उपविजेता टिमलाई एक लाख नगद पुरस्कारसहित विभिन्न विधामा पुरस्कार वितरण गरिने छ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अन्जार आलमले भ्रमण वर्षलाई लक्षित गर्दै आयोजना गर्न लागिएको यस प्रतियोगिताले कचनकवलमा पर्यटन भित्र्याउन सहयोग पुर्‍याउने बताए।

    ‘भ्रमण वर्ष सफल बनाउन फुटबल खेलसँगै गाउँपालिकाले आउँदो फागुन महिनामा कचनवकल महोत्सवको आयोजना गर्न लागेका छौं, उनले भने।’ नेपालकै होचो भूभाग कचनकवललाई पर्यटकीय क्षेत्रको रूपमा विस्तार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउन संघीय तथा प्रादेशिक सरकारले बजेट छुट्ट्याउनु पर्ने उनको माग छ। यता कार्यक्रमको सञ्चालन क्लबमा सचिव शिवप्रसाद गुरुङले गरेका थिए।

     

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)