News Portal

  • विश्वविद्यालयमा पनि भाग चाहियो भन्दै काँग्रेस बालुवाटारमा

    रातोपोस्ट संवाददाता
    ३२४ पटक

    काठमाडौं। सभामुख निर्वाचनमा प्रकट गरिएको सदाशयताबापत नेपाली काँग्रेस अहिले संवैधानिक अंग र विश्वविद्यालयका नियुक्तिहरुको भागबण्डामा सक्रिय भएको छ । भनिँदैछ, ‘निश्चित सङ्ख्या तोकेरै भाग लगाइयोस् ।’

    सभामुख निर्वाचनको पूर्वसन्ध्यामा अर्थात् शनिबार बालुवाटारको छलफलका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले त्रिविबाहेक ६ विश्वविद्यालयका उपकुलपति नियुक्ति ‘मिलेर गर्नुपर्छ’ भन्ने अडान राखे पनि नाम किटेका छैनन् । कहाँ के गर्न सकिन्छ गृहकार्य गरेर फेरि बस्ने सहमतिमा शनिबारको बसाईं टुङ्गिएको छ ।

    सत्तारुढ नेकपाभित्र भएको सल्लाहअनुसार सामान्यतया ६ जना उपकूलपतिमा काँग्रेसलाई दुई दिने बारे अबको चलाइनेछ । तर, कुन विश्वविद्यालय भन्नेमा पहिला देउवाकै कुरा सुन्ने र निर्णयमा पुग्ने नेकपा स्रोतले जनाएको छ । अनुमान छ – देउवाले सुदूरपश्चिम विश्वविद्यालय नछाड्लान् ।आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)