News Portal

  • ट्रिपरको ठक्करबाट प्रेमीको मृत्यु भएलगत्तै प्रेमिकाले गरिन् आत्महत्या !

    रातोपोस्ट संवाददाता
    १०७८ पटक

    सुर्खेत । सुर्खेतमा ट्रिपरले हानेर मृत्यु भएका केशरबहादुर सिंहको शव देख्ने वित्तिक्कै एक युवतीले विक्षिप्त भएर आत्महत्या गरेकी छिन् । मंगलबार वीरेन्द्रनगर नगरपालिका–३ स्थित गौतम चानेकनजिकै भे१ख २२४२ नम्बरको टिप्परको ठक्करबाट मृत्यु भएका सिंहको मृत्युको पीडा खप्न नसकेर अरुणा शाहीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

    कालिकोट महावै गाउँपालिका ३ का सिंहको ट्रिपरले हानेर मृत्यु भएपछि सो क्षेत्रमा दिनभर तनावग्रस्त भएको थियो । सिंहको निधन भएलगत्तै स्थानीयवासी र आफन्तले नाराबाजी गरेका थिए ।

    नाराबाजीको क्रममा प्रहरीले २ राउन्ड हवाइ फायर समेत गरेको थियो । स्थानीयवासी र मृतकका आफन्तले सडक अवरोध गर्दै चर्को विरोध गरेपछि स्थानीय प्रशासनले निषेधाज्ञा समेत जारी गर्नुपरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)