News Portal

  • जन-संसदको पद हस्तान्तरण कार्यक्रममा, संस्थापक अध्यक्ष सहित ३ जना सम्मानित

    रातोपोस्ट संवाददाता
    ८१८ पटक

    झापा। मेचीनगर-६ स्थित काँकरभिट्टाबाट विगत डेढ दशक अघिदेखि  निरन्तर रूपमा प्रकाशित दैनिक पत्रिका जन-संसद राष्ट्रिय दैनिकले पद हस्तान्तरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

    संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेतीले नव निर्वाचित अध्यक्ष केशबराज पाण्डेलाई माइन्युट हस्तान्तरण गरेका थिए ।

    भानु साहित्यिक प्रतिष्ठानको सभाहलमा बुधबार सम्पन्न कार्यक्रममा ३ जना व्यक्तित्वलाई सम्मान गरिएको छ ।

    संस्थापक अध्यक्ष कृष्णप्रसाद उप्रेती, उपाध्यक्ष क्या.गोपीलाल लिम्बु र जन-संसदका सह सम्पादक डम्मरू बराल (डम्बर) लाई सम्मान गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि मेचीनगर प्रमुख विमल आचार्यले जनताको सुचना प्राप्तीको हकलाई अक्षरस पालना गर्न पत्रिकाले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

    कार्यक्रममा संस्थापक सदस्य बिजय डालमिया, नेपाली कांग्रेस मेचीनगर सभापति इन्द्रबहादुर बुढाथोकी, राप्रपा नगर अध्यक्ष शुशिल आचार्य, समाजवादी पार्टी नगर अध्यक्ष ओमप्रकाश खापुङ, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख राजेन्द्र पोखरेललगायतले मन्तव्य राखेका थिए ।

    सशस्त्र प्रहरी नायव उपरिक्षक ज्ञानमणी पैडेल, ट्राफिक प्रहरी नायव निरिक्षक कालिदाश रेग्मी, लोकतन्त्र पोष्टका प्रधान सम्पादक झुलन रेग्मी, सम्पादक मोहन काजीलगायतको आतिथ्यता रहेको थियो ।

    कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जन-संसद राष्ट्रिय दैनिकका सम्पादक मुक्ती पौडेलले गरेका थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)