रातोपोस्ट संवाददाता

काठमाडौं । प्रेस स्वतन्त्रता सेनानी पन्नलाल गुप्ता ‘चाचाजी’ को बुधबार राति निधन भएको छ ।
नेपाल पत्रकार महासङ्घ बाँकेका पूर्वअध्यक्ष समेत रहनु भएका चाचाजीको ९२ वर्षको उमेरमा निधन भएको हो ।
किरण साप्ताहिकका सम्पादकको रुपमा चाचाजी जीवनको उत्तरार्धमा पनि साइकल चलाएर युवा पुस्तासँगै समाचार सङ्कलनमा खट्ने गर्नु भएको थियो ।
लामो समयदेखि थलिनु भएका चाचाजीलाई थप समस्या आएपछि अस्पताल पुर्याइएकाेमा निधन भएको हो ।