News Portal

संसदीय समिति : तुम्बाहाम्फे श्रम, विष्ट अर्थ, पण्डित राज्यव्यवस्था सदस्य

रातोपोस्ट संवाददाता
७४७ पटक

काठमाडौं : सभामख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा अन्तर्गतका समिति सदस्यहरूको नामावली हेरफेर गरेका छन्। उनले शुक्रबार प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्‍न समितिका सदस्यको नाम हेरफेर गरेको हुन्।

निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य तोकिएको छ। उनीसँगै मायादेवी न्यौपानेलाई पनि यही समितिमा राखिएको छ। केही महिनाअघि मन्त्रीबाट बाहिरिएका गोकर्ण विष्टलाई अर्थसमिति सदस्यको जिम्मेवारी दिइएको छ।

त्यस्तै नेकपा सांसद पदम गिरीलाई पनि अर्थसमितिमा राखिएको छ। मात्रिकाप्रसाद यादव र रामकुमारी चौधरी कानून न्याय तथा मानवअधिकार समितिको सदस्य तोकिएको छ।

त्यस्तै मन्त्रीबाट बाहिरिएका थममाया थापा महिला तथा सामाजिक समिति, लालबाबु पण्डित राज्य व्यवस्था तथा सुशासन समिति र चक्रपाणि खनाल, रघुवीर महासेठ र धनबहादुर बुढा सार्वजनिक लेखा समितिमा रहनेछन् । उपनिर्वाचनबाट निर्वाचित नेकपा सांसद  विद्या भट्टराई शिक्षा तथा स्वास्थ्य समिति परेकी छ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)