
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा पार्टीभित्र अभिजात वर्गकाे जन्म हुँदै गएको भन्दै उनीहरुको सम्पत्ति छानबिन गर्नुपर्ने आवाज उठेको छ।’
केन्द्रीय कमिटी बैठकका क्रममा गठित १५ वटा समूहमध्ये १३ नम्बर समूहका टोली नेता लेखनाथ न्यौपानेले दुई अध्यक्ष र महासचिवले पेश गरेको प्रतिवेदनमाथि टिप्पणीसहितको सुझाव दिने क्रममा यस्तो प्रस्ताव गरेका हुन्।
उनले समूहबाट प्रस्तुति गर्दै’,पार्टीलाई विघटनतिर जानबाट रोक्ने हो भने नेता र जनप्रतिनिधिको सम्पत्ति खोजी र छानबिनका लागि शक्तिशाली आयोग गठन गर्नै पर्छ।
न्यौपानेले भने, ‘पार्टीभित्र यो वा त्यो नाममा भेदभाव हुने गरेको छ। अब न्यायोचित जिम्मेवारी दिने कुरामा पार्टीले ध्यान देओस्। पार्टीमा गलत प्रवृत्ति झाँगिँदै गएको छ, यसलाई रोक्न आयोग गठन हुनुपर्छ।’
नेता न्यौपानले ‘जनस्तरमा कम्युनिस्ट कार्यकर्ता भनेर छाति फुकाएर डिड्न गाह्रो भएको मामलामा कांग्रेस र कम्युनिस्ट उस्तै हुन यो विषय गम्भीरतापूर्वक रुपमा सम्पत्ति कमाउने र पार्टीभित्र अभिजात वर्ग बन्न पाइन्छ ?’,
न्यौपानेले प्रश्न गर्दै भने, ‘यसलाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्छ। पार्टीमा नवधनाढ्य वर्गको उदय हुँदै जानु कम्युनिस्ट आन्दोलनका लागि चुनौती हो।’
उनले पार्टीमा वर्ग छुट्टीदै जाँदा पार्टी विघटनतिर जाने उल्लेख गर्दै सम्पत्ति छानबिनका लागि शक्तिशाली आयोग गठनको माग गरेका हुन्।
‘अब सम्पत्ति छानविन गर्ने शक्तिशाली आयोग बनाउनुपर्छ,’ उनले भने, ‘यो आयोगले नेताको सम्पत्ति छानबिन गर्नुपर्छ।’ नेता न्यौपानेले आधारभूत र सर्वहारा वर्गबाट पार्टी टाढिँदै जानु पार्टी विघटनतिरको यात्रामा रहेको भन्दै चिन्ता जनाए थिए ।
‘