News Portal

  • एमसीसी पास भए हामी अमेरिकी छातामुनि जान्छौं : पोखरेल

    रातोपोस्ट संवाददाता
    ६०४ पटक

    काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य लिलामणि  पोखरेलले हरेक नागरिक राजनीतिक प्राणी भएकाले शिक्षकहरु राजनीतिक दलबाट अलग हुन नसक्ने बताएका छन् ।

    शनिबार एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको बनभोज कार्यक्रममा बोल्दै नेता पोखरेलले भने, ‘हरेक मानिस आफैमा राजनीतिक प्राणी हो । शिक्षकहरु पनि राजनीतिबाट अलग हुन सक्दैनन् ।

    त्यसरी सोचियो भने त्यो पञ्चायती सोच हुन्छ । हामीले शिक्षकहरु लगायत सबै बौद्धिक समुदायलाई समाजवादी चिन्तनमा डोर्याउनु पर्दछ ।’

    नेता पोखरेलले शिक्षा, स्वास्थ्य र रोजगारी समाजवादका मुल आधार भएको बताए । उनले भने, ‘समाजवादको तयारीका लागि हाम्रो राज्यको चरित्रमा फेरबदल आउनुपर्दछ । अहिले राज्यको सरकारमा कम्युनिस्ट पार्टी छ । तर, राज्यसत्ताको चरित्र बदलिएको छैन ।

    सेनामा समाजवादी चिन्तन छैन, प्रहरीमा समाजवादी चिन्तन र संस्कृति छैन । कानूनमा पनि समाजवादी चरित्र देखिएको छैन । न्यायालय पूरानै ढर्रामा छ । यसलाई नबदलेसम्म समाजवादको आधार तयार पार्न सकिँदैन ।’

    नेता पोखरेलले एमसीसीलाई सामान्य अर्थमा बुझ्न नहुने बताए । उनले भने, ‘एमसीसी सामान्य कुरा होइन । विदेशीले दिएको अनुदान सबै एकै किसिमका हुँदैनन् । यो अलि फरक छ । एमसीसी इण्डोप्यासफिककै अंग हो । यो पास भयो भने हामी अमेरिकी छातामुनि जान्छौं ।

    यसले हाम्रो पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिलाई प्रभावित गर्दछ ।’ ‘एमसीसी स्वीकार गर्नु भनेको नेपालमाथिको बलात्कार हो ’, नेता पोखरेलले भने, कतिपय साथीहरु विदेशीलाई दिएको पैसा किन नलिने भन्दैछन् । यो राष्ट्रिय हित र स्वाधीनताका विरुद्ध छ । यसलाई स्वीकार गर्नु नेपाललाई बलात्कार गर्न दिनु हुनेछ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)