News Portal

  • गृहसचिव प्रेमकुमार राईको राजीनामा स्वीकृत

    रातोपोस्ट संवाददाता
    १०११ पटक

    काठमाडौँ। गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले दिएको राजीनामा स्वीकृत भएको छ। गृहसचिव राईले बिहीबार पदबाट राजीनामा दिएका थिए ।

    माघ २२ गतेदेखि अनिवाय अवकाश पाउन लागेका राईले २० गतेदेखि लागू हुने गरी राजीनामा दिएको स्रोतले जनाएको छ ।

    बिहीबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई भेटेर राईले राजीनामा पत्र बुझाएका थिए। राईले दिएको राजीनामा शुक्रबार स्वीकृत भएको हो।

    सचिव राई दुई वर्षदेखि गृह मन्त्रालयमा थिए। ५८ वर्षे उमेरहदका कारण राईले राजीनामा दिएका हुन्। सोमबारदेखि राई उमेरहदका कारण अनिवार्य अवकाशमा पर्दै थिए। गृह मन्त्रालयले आइतबार राईलाई औपचारिक विदाइ गर्दैछ।

    २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका कर्मचारीले राजीनामा दिँदा पेन्सन बढ्ने भएकाले राईले दुई दिनअगावै उनले मुख्यसचिव लोकदर्शन रेग्मीसमक्ष राजीनामा पेस गरेको बताइन्छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)