
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुको सम्पत्ति छानबिन गर्ने जिम्मेवारी अनुशासन आयोगलाई दिइएको छ।
राष्ट्रिय सभागृहमा आइतवार अपरान्ह सम्पन्न केन्द्रीय कमिटी बैठकले नेताहरुको सम्पत्ति खोज्ने जिम्मेवारी अमृतकुमार बोहोरा अध्यक्ष रहेको अनुशासन आयोगलाई दिने निर्णय गरेको हो।
पाँच दिनसम्म चलेको बैठकमा केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने र राजेन्द्र राईसहितले नेकपाका नेता र जनप्रतिनिधिहरु विलाशी बन्दै गएको भन्दै चर्को आलोचना गरेका थिए।
उनीहरुसहितका धेरैजसो केन्द्रीय सदस्यहरुले नेताहरु दलाल-पुँजीवादको जालोमा फसेर नवधनाढ्य बन्दै गएको गुनासो गरेपछि सम्पत्ति छानबिनका लागि अनुशासन आयोगलाई जिम्मेवारी दिइएको हो।