News Portal

  • नेकपाका सांसद र केन्द्रीय सदस्यलाई प्रधानमन्त्री ओलीको रात्रिभोज, उपस्थित हुन ह्विप

    रातोपोस्ट संवाददाता
    ६५१ पटक

    काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले रात्रिभोजको आयोजना गरेका छन्।

    प्रधानमन्त्री ओलीले आफ्ना पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई रात्रिभोजका लागि आइतबार साँझ बालुवाटार बोलाएका हुन्। प्रधानमन्त्री ओलीले पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई मोबाइलमा म्यासेज गरेर रात्रिभोजका लागि बालुवाटारस्थित निवासमा साँझ ६ बजे अनिवार्य उपस्थित हुन निर्देशन दिएका छन्।

    नेकपाका केन्द्रीय सदस्य एवं सांसद मेटमणि चौधरीले प्रधानमन्त्री ओलीले रात्रिभोजका लागि निम्तो मोबाइलमा पठाएको जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूको निमन्त्रणा मोबाइलमा आएको छ। केन्द्रीय सदस्य र सांसदहरुलाई बोलाएको भन्ने जानकारी पाएको छु,’ सांसद चौधरीले भने।

    प्रधानमन्त्री ओलीले सांसदहरुलाई अनिवार्य रुपमा रात्रिभोजमा उपस्थित हुन भनिएपनि किन बोलाइएको हो भन्ने खुलेको छैन। पछिल्लो समय नेकपाभित्र एमसीसीका विषयमा सांसदहरुबीच नै मतान्तर छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)