News Portal

  • ‘पितृ सत्ताले पुरुष वर्चश्वको कुरा गर्यो र महिलालाई ओझेलमा पार्यो ’

    रातोपोस्ट संवाददाता
    ११२१ पटक

    झापा।  पुरुषको हालीमुहाली हुँदा महिला स्वत ओझेलमा परेको गुनासो महिला अगुवाले गरेका छन् ।

    आइतबार धुलाबारीमा आयोजित कार्यक्रममा सहभागी अधिकांशको धारणा थियो ‘पितृसत्ताले महिलालाई विभेदमा पार्यो ।’

    १ नम्बर प्रदेश सरकारकी सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले लैङ्गिक हिंसा नियन्त्रण गर्न बनेका कानुन कार्यान्वयनको अवस्था बारे अनुगमन हुनुपर्ने धारणा राखेकी छन् ।

    नारी सञ्चार गृह झापाले आइतबार धुलाबारीमा आयोजना गरेको ‘लैङ्गिक हिंसा र सुरक्षित सञ्चार’ विषयक एक दिवसीय कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो धारणा राखेकी हुन्

    मेचीनगर नगरपालिका कार्यालयको सहयोगमा सम्पन्न सो कार्यक्रमकी प्रमुख अतिथि मन्त्री गजमेरले हिंसा नियन्त्रण सम्बन्धी विद्यमान कानुन कार्यान्वयनबाट प्राप्त परिणामको लेखाजोखा हुनुपर्नेमा जोड दिईन् ।

    ‘कस्तो नीति र योजना लिएर अघि बढ्दा घरेलु हिंसा न्यूनीकरण हुन्छ ?’ प्रमुख अतिथि गजमेरले भनिन्–‘ त्यसका लागि सरोकारवालाको सल्लाह र सुझावको खाँचो छ ।’

    ‘हिजो र आजको परिवेशमा निक्कै भिन्नता छ, तर पनि हामीसामु थुप्रै चुनौति छन्’ उनले भनिन्–‘केही उपलब्धि पनि हाँसिल भएका छन्, नथाकौं, आँट र साहसले अघि बढौं ।’

    ‘महिलाहरुलाई आर्थिक आत्मनिर्भरतातर्फ अघि बढाउनुपर्छ, त्यसका लागि कार्ययोजना बनाएर अघि बढ्नुको विकल्प छैन’–उनले भनिन् ।

    त्यस्तै, कार्यक्रमकी विशिष्ट अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले लैङ्गिक हिंसाको शिकार महिला मात्र नभई पुरुष समेत बन्ने गरेका बताईन् ।

    घरेलु, समुदाय र राज्यबाट हुने हिंसाले सबै खाले हिंसालाई समेट्ने बताउँदै उनले भनिन्–‘८० प्रतिशत महिला हिंसामा छन्, तर पुरुष पनि हिंसाबाट प्रताडित छन् ।’

    कार्यक्रममा वरिष्ठ पत्रकार बविता बस्नेतले महिलामाथि हुने हिंसालाई विश्वव्यापी आश्चर्यका रुपमा लिने गरिएको बताईन् । कार्यक्रमकी प्रमुख प्रशिक्षक उनले भनिन्–‘पर्दा पछाडिका हिंसा त झन् जघन्य प्रकृतिका हुन्छन्, नेतृत्वदायी भूमिकामा रहेकाहरुका बीचमा पनि कुनै न कुनै प्रकारको हिंसा छ ।’

    ‘तुलनात्मक रुपमा धेरैजसो महिला हिंसामा परेका छन्, यसको अर्थ पुरुष चाहिँ ंिहंसा पीडित छैनन् भन्ने होईन्’ सहजकर्ता बस्नेत भन्छिन्–‘पितृ सत्ताले पुरुष वर्चश्वको कुरा गर्यो र महिलालाई ओझेलमा पार्यो ।’

    ‘महिलाले गरेको गल्तीलाई पोखरीमा हालेको पात जस्तो गरियो, पात सुकेपछि तैरिन्छ’ पितृ सत्तामा पुरुषको साम्राज्यको परिकल्पना बारे प्रष्ट्याउँदै उनले भनिन्–‘पुरुषले गरेको गल्तीलाई ढुंगा हानेजस्तो गरियो, ढुंगा पोखरीमा डुब्छ ।’

    पितृ सत्तालाई चिर्न पुरुषको पनि भूमिका महत्वपूर्ण रहने विचार राख्दै उनले त्यसका लागि नारीवादी पुरुष जुर्मुराउनुपर्ने बताईन् । ‘नारीवादी पुरुष पनि हुन्छन्’ बस्नेतले भनिन्–‘ चन्द्र शमशेर नारीवादी पुरुष थिए, जसले सती प्रथाको अन्त्य गरे ।’ समयक्रम अनुसार हिंसाका स्वरुपमा परिवर्तन आएको चर्चा गर्दै उनले हिंसा र मानवीय सम्बन्धलाई फरक ढंगले हेर्नुपर्ने धारणा राखिन् । उनी भन्छिन्–‘कतिपय सम्बन्ध हिंसाका रुपमा परिणत भएका छन् ।’

    त्यसक्रममा अर्का सहजकर्ता झापा जिल्ला प्रहरी प्रमुख एसपी कृष्णप्रसाद कोइरालाले सामाजिक सञ्जालको जानेर वा नजानेर गरिएको दुरुपयोगका कारण ंिहंसाका घटना बढेको बताए ।

    ‘सामाजिक सञ्जालबाट भएका हिंसाजन्य घटनाका उजुरी बढ्दो क्रममा छन्’ उनले भने–‘प्रविधिको दुरुपयोगका कारण आत्महत्याको दर बढेको छ, यो शृंखला झापामा पनि बढेको छ, त्यसमा अधिकाँश महिला हुने गरेका छन् ।’

    सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउने र मादक पदार्थ तथा लागु औषध दुव्र्यशन घटाउन सके महिला हिंसाका घटनामा ५० प्रतिशतले कमी आउने उनको तर्क छ । झापाका अग्रज महिलाहरुको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा

    नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष सावित्रा दाहाललगायतको आतिथ्यता थियो ।

    सो अवसरमा हाल अमेरिका बस्ने बाहुनडाँगी निवासी पहिलो पत्रकार महिला राधा चौंलागार्इँले नारी सञ्चार गृहलाई ४० हजार रुपैयाँ सहयोग गरेकी थिईन् ।

    नारी सञ्चार गृहकी अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत उपाध्यक्ष भीमा शिवाकोटी र सञ्चालन सचिव रेजिना गौतमले गरेकी थिईन् ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)