News Portal

जनपत्रकार संगठनकाे नाममा कसैले आर्थिक गतिविधि गर्ने नीति छैन ।

रातोपोस्ट संवाददाता
५८७ पटक

काठमाडौं । जनपत्रकार संगठनकाे नाममा  कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो काँही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन संगठनले आग्रह गरेको छ ।

जनपत्रकार संगठनले एक प्रेस विज्ञप्ति जारी गरि हालैका दिनमा संगठनको नाम जोडेर आर्थिक लेनदेन वा संकलनको विषयमा भएको टिप्पणीप्रति  आफ्नाे ध्यानाकर्षण भएको जनाउँदै संगठनले कुनै पनि आर्थिक अभियान सञ्चालन नगरेको स्पष्ट पारेको छ ।

जनपत्रकार संगठनका केन्द्रीय सचिव सिर्जना तिम्सिना र काेषाध्यक्ष जानकी चाैधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा लेखिएको छ -‘त्यस्तो अभियान चलेमा केन्द्रीय समितिको पत्रमार्फत आग्रह गरिने भएकाले अहिलेसम्मलाई संगठनका नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो काँही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरिन्छ ।’

जनपत्रकार संगठन नेपाल श्रमजीवी पत्रकारको हक हितका लागि निरन्तर संघर्ष गर्दै आएको संगठन हो भन्दै आगामी दिनमा पनि यसले आफ्नो संघर्ष पत्रकार हक हितका लागि जारी राख्ने प्रतिबद्धता विज्ञप्तिमा जनाइएकाे छ ।

प्रेस विज्ञप्ति
जनपत्रकार संगठन नेपाल श्रमजीवी पत्रकारको हक हितका लागि निरन्तर संघर्ष गर्दै आएको संगठन हो । आगामी दिनमा पनि यसले आफ्नो संघर्ष पत्रकार हक हितका लागि जारी राख्ने प्रतिबद्धता जनाउँदछ । मिडिया काउन्सील विधेयक, सूचना प्रविधि विधेयक एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कमजोर पार्ने सरकारी कदमहरुको विरोध गर्दै आएको अवगतै छ ।

हालैका दिनमा संगठनको नाम जोडेर आर्थिक लेनदेन वा संकलनको विषयमा भएको टिप्पणीप्रति हाम्रो ध्यानाकर्षण भएको छ । संगठनले कुनै पनि आर्थिक अभियान सञ्चालन गरेको छैन ।

त्यस्तो अभियान चलेमा केन्द्रीय समितिको पत्रमार्फत आग्रह गरिने भएकाले अहिलेसम्मलाई संगठनका नाममा कसैले पनि आर्थिक गतिविधि गर्ने नीति नरहेकाले त्यस्तो काँही कतै भएमा त्यसलाई निरुत्साहित तुल्याउन आग्रह गरिन्छ ।

 

प्रतिकृया दिनुहोस्