News Portal

  • एनएमसीलाई ९० प्रतिशत नेको इन्स्योरेन्सको बीमा दावी भुक्तानी

    रातोपोस्ट संवाददाता
    ७९८ पटक

    झापा। नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी)को घैलाडुब्बा कार्यालयबाट असार ४ गते राति भल्टबाटै चोरी भएको १८ लाख ८० हजार रुपैयाँको बीमा दावी वापतको रकम नेको इन्स्योरेन्स कम्पनीले आज भुक्तानी गरेको छ ।

    संस्थाको घैलाडुब्बा कार्यालयमा रहेको भल्टबाट चोरी भएको १८ लाख ८० हजार रुपैयाँको ९० प्रतिशत रकम  १६ लाख ६६ हजार रुपियाँ इन्स्योरेन्स कम्पनीले दावी भुक्तानी गरेको हो । संस्थाले आफ्ना सबै कार्यालयमा रहेका भल्टको बीमा गरिएकाले यस्ता घटनाबाट निक्षेपकर्ता र शेयर सदस्यहरुलाई कुनै नोक्सानी हुन नदिने बताउँदै आएको छ ।

    आइतबार संस्थाको कर्पाेरेट कार्यालयमा बीमा कम्पनीको तर्फबाट क्षेत्रीय प्रमुख गणेश खत्री र बिर्तामोड कार्यालयका प्रमुख सुमन पोद्दारले संस्थाका प्रबन्धकद्वय चेतन शर्मा पौडेल र नवीन भण्डारीलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन् ।

    यता घैलाडुब्बा कार्यालयबाट चोरी भएको सो रकमका बारेमा अनुसन्धान भइरहेको बताइए पनि लुटेराहरु अझै पक्राउ पर्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)