News Portal

  • बलात्कार आरोप लागेका एसएसपी राणालाई ५ दिन हिरासतमा राख्न आदेश

    रातोपोस्ट संवाददाता
    ३३२ पटक

    काठमाडौं । यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका नेपाल प्रहरीका एसएसपी सौरभ राणालाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    जिल्ला अदालत सुनसरीले सोमबार उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    गृह मन्त्रालयमा इटहरीकी एक महिलाले आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै उजुरी दिएपछि राणा निलम्बनमा परेका थिए । यस्तै ती महिलाले शुक्रबार जिल्ला प्रहरी कार्यालय सुनसरीमा पनि किटानी जाहेरी दिएकी थिइन् ।

    उजुरीपछि आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरी पुगेर आत्मसमर्पण गरेका राणाले आरोप भने अस्वीकार गर्दै आएका छन् ।
    पीडित महिलाले भने इटहरीको एक होटलमा आफूमाथि बलात्कार भएको बताएकी छिन् । एसएसपी राणा संघीय प्रहरी इकाइ धरानको प्रमुखको हैरियसमा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)