रातोपोस्ट संवाददाता

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले सामाजिक सञ्जालमा नेपाली नायिका प्रियंका कार्कीको फोटो राख्दै ‘वी लभ नेपाल’ लेखेको छ ।
प्रियंका बार्सिलोना र लेभान्टेबीचको खेल हेर्न बार्सिलोना पुगेकी थिइन् । प्रियंकाले आइतबार राति पनि खेलअघि ‘ला लिगा’को फेसबुक लाइभमार्फत नेपाललाई प्रतिनिधित्व गरेको बताएकी थिइन् ।
“सबै नेपालीको यहाँ आउने चाहना भएको भए पनि आउन पाएका छैनन् त्यसैले सबै नेपालीको प्रतिनिधित्व गर्दै म यहाँ आएको छु,” प्रियंकाले भनेकी थिइन् ।