News Portal

जन–संसद्का उपाध्यक्ष कमल थापालाई पितृशोक

रातोपोस्ट संवाददाता
४०४ पटक

झापा। जन–संसद् दैनिक सञ्चालक समितिका उपाध्यक्ष कमल थापालाई पितृशोक परेको छ ।

उनका ८६ वर्षीय बुबा हर्कबहादुर थापाको सोमबार बिहान मेचीनगर–६, काँकरभिट्टास्थित निजी निवासमा निधन भएको हो ।

थापाको बिहान करिब ४ बजे घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । हर्कबहादुर वि.सं. १९९१ साउन १९ गते भारत आसाम राज्यको बोगिविलमा जन्मिएका थिए । वि.सं. २०२६ सालमा नेपाल बसाईं सरेका उनी २०४३ सालदेखि काँकरभिट्टामा बसोबास गर्दै आएका थिए ।

हर्कबहादुरकी श्रीमती देवीमाया थापाको २०७५ मंसीर २ गते ७९ वर्षको उमेरमा निधन भएको थियो ।

स्व. थापाका ४ छोराहरुमा कमल, जयकृष्ण, तिलक र विमल थापा तथा ३ छोरीहरुमा रेखा मुखिया, पुष्पा बोहोरा र विना पौडेल छन् ।

उनका जेठा छोरा कमल काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्ष, सगरमाथा यातायातका सदस्य, आधुनिक साकोसका सचिव, मेचीनगर मनि चेञ्जरका पूर्वअध्यक्ष, नेपाल मधुमेह प्रतिष्ठानका कोषाध्यक्ष, बगाले थापा कुल सुधार समिति झापा जिल्ला सचिवलगायत विभिन्न संघसंस्थामा आबद्ध छन् ।

त्यस्तै, माइला र साईंला छोरा क्रमशः जयकृष्ण र तिलक व्यवसायी हुन् भने कान्छा छोरा विमल नेपाली सेनाको सेनानी छन् ।

स्वर्गीय थापाको सोमबार दिउँसो ३ बजे स्थानीय मेची नदीको घाटमा अन्त्येष्टि कार्य गरिएको छ ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)