News Portal

विप्लवका नेता झापाबाट पक्राउ,जनक्रान्तिकाे प्रक्रियामा जवाफ दिने विप्लवकाे चेतावनी

रातोपोस्ट संवाददाता
१४८८ पटक

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

झापा । नेत्र विक्रम चन्द(विप्लव )नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज तारा थापा झापाबाट पक्राउ परेका छन्।

गोप्य सूचनाका आधारमा गरिएको अप्रेसनबाट उनलाई हिजो झापाको दमकबाट पक्राउ गरिएको इलाक प्रहरी कार्यालय दमकका डिएसपी विजय पण्डितले बताए। पण्डितका अनुसार ४० वर्षीय थापाविरुद्ध केही महिनाअघि बिर्तामोडमा वम विष्फोट गराएको मुद्दा छ। उनलाई मंगलबा जिल्ला अदालत झापामा पेश गरि थप अनुसन्धान प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ।

यस्तै यता थापालाई प्रहरीले पक्राउ गरेलगत्तै विप्लव नेकपाका मेचि-काेशि ब्युरो इन्चार्ज प्रतापले आज एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेता कार्यकर्तालाई बिनासर्त रिहाइ नगरे एकीकत जनक्रान्तिकाे प्रक्रियामा यसको बदला लिने चेतावनी दिएका छन्।

इन्चार्ज प्रतापले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ,-हाम्रो गौरवशालि पार्टी नेपाल कम्युनिस्ट पार्टीका मेचि-कोसी ब्युरो सदस्य तथा ताप्लेजुङ जिल्ला इन्चार्ज कमरेड तारा थापालाई पार्टी संगठनको कामको सिलसिलामा रहेको बेला हिजो झापाको दमकबाट अपहरण शैलीमा गिरफ्तारी गरिएको छ।

वर्तमान दलाल संसदीय पुँजीवादी सत्ताले हाम्रो पार्टीका नेता,कार्यकर्ता तथा शुभचिन्तकहरुलाई अमानवीय र गैरकानुनी ढंगले दमन गर्ने,गिरफ्तार गर्ने,झुठो मुद्दा थोपर्ने ,चरम यातना दिने जस्तो काम भैरहेको छ।केपी ओली नेतृत्वको सामाजिक दलाल पुँजीवादी सरकारले गरेको उक्त गैर राजनितीक ,गैरकानुनी र कायरतापुर्ण हर्कतकाे जवाफ एकीकृत जनक्रान्तिकाे प्रक्रियामा उचित जवाफ दिइनेछ ।

दमन,गिरफ्तारी झुठो मुद्दा ,चरम यातना ,हत्या जस्ता कार्यले इतिहासमा कहिल्यै जनताको मुक्ति आन्दोलन नरोकिएको र नरोकिने स्मरण गराउँदै यस्ता क्रियाकलाप तुरुन्त बन्द गर्न र गिरफ्तार कमरेडहरुलाई तत्कालै बिनासर्त रिहा गर्न हाम्रो पार्टी आग्रह गर्दछ।

अन्यथा त्यस विरुद्ध सशक्त प्रतिरोध संघर्ष गर्न बाध्य हुने र त्यसको जिम्मेवार स्वयं केपी वली नेतृत्वको दलाल पुँजीवादी राज्य सत्ता र तिनका कारिन्दा हुने यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।

विज्ञप्ति 

प्रतिकृया दिनुहोस्