News Portal

  • बालुवाटार जग्गा प्रकरणमा संलग्न भएकाे आराेपमा पूर्वमन्त्री गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दर्ता

    रातोपोस्ट संवाददाता
    ४६७ पटक

    काठमाण्डौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारको ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न रहेकाे भनिएका आरोपितहरुमाथि भ्रष्टाचारकाे मुद्दा दायर गरेको छ ।

    अख्तियारले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले १७५ जनाविरुद्ध मुद्दा परेको जानकारी दिनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवासको २ सय ९९ रोपनीमध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

    अख्तियार स्रोतका अनुसा्र पूर्वमन्त्री विजयकुमार गच्छदार, तत्कालीन भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी, पूर्वनिर्वाचन आयुक्त सुधीर शाह र उनकी पत्नी उर्मिला, पूर्वसहसचिव गेहनाथ भण्डारी, उनकी पत्नी भुवनकुमारी चापागाईँविरुद्ध मुद्दा दायर भएको हो ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)