News Portal

  • ‘भ्रष्टाचार’ नेपालमा कोरानो भाइरस भन्दा खतरा भइसक्यो : पासवान

    रातोपोस्ट संवाददाता
    ७२७ पटक

    काठमाडौं :  समाजवादी पार्टीका रामप्रीत पासवानले चीनमा कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचारको भाइरस फैलिएको बताएका छन्।

    बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पासवानले यस्तो बताएका हुन्। ‘छिमेकी देश चीनमा फैलिएको महामारी नोवेल कोरोना भाइरसले माहामारी फैलिएको छ’, उनले भने, ‘त्यसबाट सुरक्षित हुने उपायबारे सरकारले चालेको कदमबारेमा पनि आमरुपमा जानकारी दिइयोस्।’

    पासवानले चीनलाई कोरोनाले सताउँदा नेपाललाई भ्रष्टाचारले सताएको दाबी गरे। ‘कोरोना भाइरस जस्तै नेपालमा भ्रष्टाचाररुपी भाइरस फैलिएको छ’, उनले भने, ‘त्यसको नियन्त्रणका लागि कडा कदम चाल्नुपर्नेमा जरुरी भइसकेको छ।’

    उनले गोकर्ण रिसोर्ट भाडा प्रकरण, मेलम्ची खानेपानी आयोजनालगायत ठेकेदार छनोटमा अनियमिता भएको भन्दै कवितामार्फत नै सरकारको व्यङ्ग्य गरे।

    नेकपाका सांसद रामलखन चमारले सरकारले राष्ट्रिय जनगणना गर्न लागेको सन्दर्भमा दलित तथा अल्पसङ्ख्यक समुदायको उचित तथ्याङ्क आउने गरी प्रबन्ध गर्न गर्न माग गरे।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)