News Portal

अदालतको फैसला अनुसार नै सरकारले काम गर्छ : प्रवक्ता बाँस्कोटा

रातोपोस्ट संवाददाता
४३८ पटक

काठमाडौं। ललिता निवासको जग्गा प्रकरणका विषयमा अदालको फैसला अनुसार नै सरकारले काम गर्ने प्रवक्ता गोकुल बाँस्कोटाले बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तथ्य र प्रमाणका आधारमा मुद्दा दायर गरेकोले अव अदालतको फैसला अनुसार नै कार्वाही हुने बताएका हुन् ।

उनले जग्गा प्रकरण कसैप्रति आग्रह वा पूर्वाग्रहका आधारमा मुद्दा दायर नभएको प्रष्ट पारेका छन् । उनले भने ‘दोषी ठहरिनु भयो भने हाम्रो के लाग्छ त ? अदालतले सफाइ दियो भने सक्किगो नि । विधि र प्रक्रियालाई सबैले सम्मान गर्नुपर्छ’

अख्तियारले बुधबार विजयकुमार गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको थियो ।

प्रतिकृया दिनुहोस्

Our Team

अध्यक्ष : गणेश बहादुर मगर
सम्पादक : दिलिप थापा
संवाददाता: सुबराज लामिछाने
मल्टीमिडिया : एकराज प्रधान
व्यवस्थापक : अप्सना बेगम
सल्लाहकार : घनश्याम गाैतम
कानुनी सल्लाहकार : मानबहादुर खत्री
सम्पर्क नम्बर (९८५२६२१३००)