News Portal

  • तराई आउँदा माइतीघर आए जस्तो लाग्छ-अध्‍यक्ष दाहाल

    रातोपोस्ट संवाददाता
    ५७२ पटक

    सिरहा। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको विद्रोहको सम्पूर्ण तयारी आफूले तराई-मधेसबाट गरेको बताए ।

    नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकामा आयोजित दोस्रो झण्डा महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

    अध्यक्षले भने, ‘मैले सामन्तवाद विरुद्धको विद्रोहको तयारी तराई–मधेशबाट गरेको थिएँ र जनयुद्धमा पनि यहाँबाट नै सबैभन्दा बढी सहादत भएको छ।

    नेपालको इतिहासमा यति ठूलो वलिदान, त्याग र तपस्या अर्को कुनै आन्दोलनमा भएकै थिएन। यस अर्थमा म तपाईहरुको ऋणी छु।’

    मधेस आउँदा आफूलाई कुनै नौलो ठाउँ गएजस्तो नलाग्ने बरु माइतीघर आए जस्तो लाग्ने गरेको उनको भनाई थियो । उनले तराई–मधेस हिमाल पहाडको एकता टुट्न नदिने जिम्मेवारी आफूले महशुस गर्ने गरेको पनि बताए।

    उनले भने, ‘आउने दिनमा हाम्रो पार्टी आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्ने र संविधानको संशोधन प्रक्रिया अगाडि बढाउने कुरामा सकारात्मक रहेको म जानकारी दिन चाहन्छु।’

    ‘हाम्रो पार्टी र सरकारले तराई–मधेस विकास र समृद्धिमा जोड दिएको छ, ’ उनले भने, ‘तराई–मधेस बिनाको पहाड र पहाड बिनाको तराई मधेसको कल्पना गर्न सकिन्‍न। इतिहासदेखि नै काठमाडौं र तराई–मधेसका संस्कृति र सम्पदा अभिन्न रुपले गाँसिएका छन्।’

    उनले तराई–मधेस, पहाड, हिमाललाई जोडेर समृद्धिको यात्रा तिर देशलाई लिएर जाने र आफ्नो बाँकी जीवन यी क्षेत्रका जनताको समृद्धि, समाजवादको निर्माण र सामाजिक न्यायको निम्ति बिताउने सङ्कल्प गरिसकेको बताए।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)