News Portal

  • कोरोना भाइरस बारे पहिलो पटक थाहा पाउने डाक्टरको मृत्यु

    रातोपोस्ट संवाददाता
    ९१६ पटक

    एजेन्सी। कोरोना भाइरसको बारेमा सुरुमै जानकारी दिने चिनियाँ डाक्टर ली वेनलियाङको सोही भाइरसका कारण मृत्यु भएको छ। ३४ वर्षीय लीको बिहीबार मृत्यु भएको हो।

    गत डिसेम्बर ३० मा आफ्ना डाक्टर साथीहरूलाई सार्सजस्तै एक किसिमको रोग देखिएको भनी सन्देश पठाएका थिए।

    उनले सो सन्देशमा आफ्ना साथीहरूलाई त्यो एक सरुवा  रोग भएकाले सबैलाई सुरक्षित कपडा लगाएरमात्र उपचार गर्न सुझाव दिएका थिए।

    चार दिनपछि चीनको पब्लिक सेक्युरिटी ब्युरोले उनलाई अफवाह फैलाएर समाजमा त्रास फैलाएको भन्दै एउटा कागजमा हस्ताक्षर गर्न लगायो।

    स्थानीय निकायले अफवाह फैलाएको आरोप लगाएका ८ जनामध्येकै एक थिए ली। कोरोना भाइरसले महामारीको रुप लिएपछि स्थानीय निकायले उनीसँग माफीसमेत मागेको थियो।

    गत जनवरीको अन्तिम सातातिर भिभो नामक सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए।

    सो भिडियोमा जनवरी १० देखि सार्सजस्तै एक किसिमको भाइरसबाट आफू पीडित भएको र त्यसको २ दिनपछि अस्पताल भर्ना हुनुपरेको बताएका थिए।

    उनी कोरोना भाइरसबाट संक्रमित भएको कुरा फेब्रुअरी २ मा पुष्टि भएको थियो।

    अहिले चीनका विभिन्न सामाजिक सञ्जालमा उनको मृत्युलाई लिएर दुख प्रकट गरिरहेका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पनि उनको मृत्युप्रति दुःख व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)