
झापा। मेचीनगर–८ स्थित लालिगुराँस पब्लिक अँग्रेजी विद्यालयमा आज हस्तलेखन र दौड प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय परिसरमा आयोजित हस्तलेखनतर्फ ग्रिष्मा गुरागाईं प्रथम, निश्चल गौतम द्धितीय तथा लक्ष्मी मेचे र रोशिका खड्का तृतीय भए ।
त्यस्तै, प्रि प्राइमरी दौडको छात्रातर्फ दिक्षा पुरी प्रथम, युनिशा पुरी द्धितीय तथा मिनाक्षी पौडेल र सरिका किसान तृतीय बनिन् । यसैगरी, प्रि प्राइमरी छात्र दौडतर्फ रिजन गिरी र प्रिन्स पौडेल प्रथम, रोहित राजवंशी द्धितीय तथा सुभम दाहाल र दिपेश सिटौला तृतीय भए ।
प्राइमरी छात्रा दौडतर्फ गुञ्जन पुरी प्रथम, प्रिन्सेस क्रिस्टिना राजवंशी द्धितीय र लक्ष्मी मेचे तृतीय भईन् । प्राइमरी छात्र दौडतर्फ ईश्वर गिरी प्रथम, विज्ञान पौडेल द्धितीय तथा निश्चल गौतम र सुजित भारती तृतीय बने ।
अध्ययनसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत पोख्त बनाउन विभिन्न प्रतियोगिता सञ्चालन गर्दै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन राजवंशीले बताए ।