रातोपोस्ट संवाददाता

झापा। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार गृहनगर झापाको दमक आउने भएका छन्।
दमक नगरपालिका कार्यालयका अनुसार फागुन ४ गते आइतबार प्रधानमन्त्री ओलीले दिउँसो सवा १२ बजे दमक- ४ मा रहेको कृष्णमन्दिर चोकमा सडक उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।
यस्तै १ बजे दमक र मोरङको मिक्लाजुङ गाउँपालिकाको सीमामा पर्ने रतुवा खोलामा निर्मित पक्की पुलको उद्घाटन र सवा १ बजे बेलडाँगीस्थित जिरो प्वाईन्टमा रवि चिसापानी सडक शिलान्यास गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले दिउँसो साढे १ बजे बेलडाँगीस्थित खेलमैदानमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री ओलीको अन्तिम कार्यक्रममा दिउँसो साँढे २ बजे दमक नगरपालिका वडा नम्बर १ मा निर्मित विपन्न नमूना बस्तिको उद्घाटनको कार्यक्रम तय भएको छ। प्रधानमन्त्री ओली आइतबार नै काठमाडौं फर्कने कार्यक्रम छ।