
मोरङ। मोरङकाे सुन्दरहरैंचा- ८ सलकपुर स्थित पूर्व पश्चिम लाेकमार्गमा गए राति १२ बजे तिव्र गतिमा रहेकाे माेटरसाइकल एक आपसमा ठाेकिदा २ जनाकाे घटना स्थलमै मृत्यू भएकाे छ भने दुई जाना घाइते भएका छन ।
तिव्र गतिमा रहेकाे काे ३७ प १७ तथा को ३४ प ६६०२ नम्बरको माेटरसाईकल एक आपसमा ठाेकीदा २ जनाकाे मृत्यू भएको हाे ।
दुर्घटनामा सुन्दरहरैंचा ८ बस्ने बर्ष २२ का विशाल खत्री साथै सुन्दरहरैचा -१२ बस्ने बर्ष २३ का अर्पण गुरागाईँको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार संखुवासभा चैनपुर २ बस्ने ३० वर्षीय लक्ष्मण खत्री तथा सुन्दरहरैचा ८ बस्ने २१ वर्षीय प्रवीण थापा गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा घाइते २ जानालाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर पठाइएको साथै मोटरसाइकल प्रहरी चौकी विराटचोकको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।