रातोपोस्ट संवाददाता

झापा। झापाको शिवसताक्षी नगरपालिकामा जारी तेस्रो संस्करणको सताक्षी गोल्डकपमा आज तेस्रो क्वाटरफाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लब र भारतको मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङ बिच हुने भएकाे छ ।
सतासीधाम स्पोर्टिङ क्लब झापाले आयोजना गरेको प्रतियोगिता दिउँसो २ बजे झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा सुरु हुनेछ ।
गोल्डकपको विजेताले यसवर्ष ६ लाख नगदसहित ट्रफी पाउनेछ । म्यान अफ दी टुर्नामेन्टको पुरस्कार राशि ५० हजार राखिएको छ ।
त्यस्तै, अन्य विधागत पुरस्कार जनही २०–२० हजार पाउँदा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिनेछ भने प्रत्येक खेलको म्यान अफ दी म्याचलाई नगद १० हजार पुरस्कार प्रदान गरिनेछ ।