News Portal

मोदीको घोषणा : कोरोना भाइरसको समाधान बताउनेलाई १ लाख पुरस्कार दिने

रातोपोस्ट संवाददाता
७४२ पटक

एजेन्सी। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको समाधान बताउने जो कोहीलाई एक लाख पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री मोदीले कोरोना संक्रमणको समाधानको उपाय(औषधी) ल्याउन सके सो पुरस्कारको घोषणा गरेका हुन् ।

मोदीले ट्वीटमार्फत भनेका छन्, ‘धेरै व्यक्तिहरु कोभिड–१९ का लागि प्रविधिमार्फत समाधानहरु साझेदारी गरिरहेका छन् । म उनीहरुलाई @mygovindia मा आफ्ना सुझावहरु साझेदारी गर्न अपिल गर्छु । तपाईको प्रयासले धेरै सहयोग पुर्याउन सक्छ ।’ प्रधानमन्त्री मोदीले यसको छेउमा #indiaFightscorona पनि लेखेका छन् । मोदीले विजेतलाई १ लाख नगद दिने समेत उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्