News Portal

भारतमा जनता कर्फ्युका कारण, पूर्वि नाका सुनसान

रातोपोस्ट संवाददाता
५४० पटक

 

 

 

 

 

 

 

 

 

 

 

झापा । कोरोना भाइरसको सङक्रमण फैलन सक्ने भन्दै आइतबार भारतमा लगाइएको ‘जनता कर्फ्यु’ का कारण पश्चिम बंगालसँग सीमाना जोडिएको पूर्वका बिभिन्न नाका सुनसान भएको छ ।

काकडभिट्टासग सिमा जोडिएको भारतको पानीट्यांकी नाका बिहानैदेखि ठप्प भएपछि नेपालबाट भारत जाने र उताबाट आउने क्रम रोकिएको छ । नाकामा सीमित प्रहरी र स्वास्थ्यकर्मी मात्रै रहेका छन् ।

सर्वसाधारणको आवागमन ठप्प हुदा भारतका विभिन्न सहरमा कार्यरत तथा बंगलादेशमा अध्ययनरत नेपाली कर्फ्युका कारण भारतमै अलपत्र परेको अनुमान समेत गरिएको छ ।

भारतमा बिहानैदेखी जनता कर्फ्यु लागेकाले नाका ठप्प भएको मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले बताए ।

उनले  कोरोना भाइरस भित्रन नदिन नेपालतर्फ पनि नाकाबन्द गर्न सरकारलाई आग्रह गरिसकेको बताए ।

कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहेको अवस्थामा भारतीय सीमावर्ती नाकासँग जोडिएको झापा जिल्लामा यसको रोकथाम तथा नियन्त्रणका लागि पूर्वतयारीका काम भने भइरहेको छ ।

जस अन्तर्गत झापाका बिभिन्न गाउ तथा शहरमा लाग्दै आएको हाटबजार, अत्यावश्यक बाहेकका सबै पसल, कार्यालय बन्द गर्ने लगायतका निर्णय भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्