News Portal

विश्वभर ४६ लाख ३२ हजार संक्रमित फेला, तीन लाख ११ हजार बढीको मृत्यु

रातोपोस्ट
१२६७ पटक

एजेन्सी। कोरोनाबाट विश्वभर संक्रमित हुनेको संख्या ४६ लाख ३२ हजार ९०३ पुगेको छ। हालसम्म तीन लाख ११ हजार ७३९ जना संक्रमितको मृत्यु भएको छ।

जोन होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा धेरै अर्थात १४ लाख ६७ हजार ७७६ संक्रमित भेटिएका छन्। त्यहाँ ८८ हजार ७५४ संक्रमितले ज्यान गुमाइसकेका छन्।

ब्राजिलमा एक दिनकै अवधिभित्र थप ८१६ जनाको मृत्यु भएपछि त्यहाँ मानवीय हताहतिको संख्या १५ हजार ६३३ पुगेको छ। पहिलोपटक कोरोना भाइरस देखिएको चीनको उहान शहरका स्थानीय अधिकारीहरुले महामारीसम्बन्धी महत्वपूर्ण सूचना लुकाएको चीन सरकारका वरिष्ठ स्वास्थ्य सल्लाहकारले बताएका छन्। रोग प्रतिरोधात्मक क्षमता कमजोर रहेकाले चीनमा महामारीको दोस्रो आँधी आउनसक्ने उनले चेतावनी दिएका छन्।

स्पेनले भौतिक दुरी कायम राख्दै सार्वजनिक स्थान होटलहरु खोल्ने निर्णय लिएको छ। अमेरिका र क्यानडाको सार्वजनिक पारवहनमा काम गर्ने ४५ जना श्रमिकहरुले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले कोरोना नियन्त्रणमा त्यहाँको सरकारले चालेका फितला कदमहरुलाई लिएर आलोचना गरेका छन्।

प्रतिकृया दिनुहोस्