News Portal

  • बहिनीलाई कोरोनाभाइरसबाट जोगाउन अक्षय कुमारले बुक गरे पूरा फ्लाइट

    रातो पाटि
    २४३० पटक

    काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण संसारका विभिन्न देश झैं भारत पनि लकडाउनको स्थितीमा छ जसका कारण धेरै मानिसहरु आफ्नो घरभन्दा टाढा फसेका पनि छन् ।

    यस्तो कठिन समयमा जोकोही पनि आफ्नो घर र परिवार भएठाउँ पुग्न चाहन्छन् ।

    यसका लागि थुप्रै फिल्मी कलाकार मद्दतमा उत्रिएका छन् । यस्तै, थुप्रैलाई मद्दत गरिसकेका बलिउड नायक अक्षय कुमारले पनि आफ्नो बहिनी अल्का भाटिया र उनका बच्चालाई मुम्बईबाट दिल्ली पठाउा पूरा फ्लाइट बुक गरेको भारतीय सञ्चार माध्यमले बताएका छन् ।

    सोसल मिडियामा उनको यो कदमको निकै चर्चा भइरहेको छ ।

    विमानमा चारजना यात्राः कोरोनाभाइरसको क्रममा अक्षय कुमार कुनै चुनौती मोल्न चाहँदैनथे तसर्थ उनले पूरा फ्लाइट नै बुक गरिदिए । मुम्बईबाट दिल्लीका लागि बुक गरिएको उक्त विमानमा चारजना मात्रै सवार भएको भारतीय सञ्चार माध्यम नवभारत टाइम्सले बताएको छ । यसमा अल्का भाटियो, उनका दुई सन्तान र उनकी सहयोगी समावेश छन् ।एजेन्सी

    प्रतिकृया दिनुहोस्

    Our Team

    अध्यक्ष : गणेश बहादुर मगर
    सम्पादक : दिलिप थापा
    संवाददाता: सुबराज लामिछाने
    मल्टीमिडिया : एकराज प्रधान
    व्यवस्थापक : अप्सना बेगम
    सल्लाहकार : घनश्याम गाैतम
    कानुनी सल्लाहकार : मानबहादुर खत्री
    सम्पर्क नम्बर (९८५२६२१३००)