News Portal

मलेसिया र बहराइनबाट आज नेपाली स्वदेश फर्कंदै

रातोपोस्ट संवाददाता
१७०२ पटक

काठमाण्डाै,असार १२ । आज मलेसिया र बहराइनबाट तीन उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् ।

बहराइनबाट नेपाल एअरलाइन्सको दुई चार्टर्ड उडानमार्फत नेपालीहरु स्वदेश फर्कंदैछन् भने मलेसियाको क्लालाम्पुरबाट त्यहाँ समस्यामा रहेका नेपालीहरु स्वदेश फर्कंदैछन् ।

मलेसिया र बहराइनबाट नेपाली लिएर आउने जहाजले कति सङ्ख्यामा नेपाली लिएर आउँछ भनेर खुलाइएको छैन ।
जहाजमा केही नेपालीको शवसमेत स्वदेश ल्याईंदैछ । आज ६ ठाउँमा नेपाली लिन हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सका जहाज जाँदैछन् ।

नेपाल एअरलाइन्स नेपाली लिन मलेसियाको क्लालाम्पुर, हङकङ, अस्टे«लियाको मेलबर्व, यूएईको दुबई र साउदीको रियाद जाँदैछ ।

यस्तै हिमालय एअरलाइन्सको चार्टर्ड जहाज नेपाली लिन साउदीको दमाम आज जानेछ भने भोलि बिहान नेपालीहरु लिएर काठमाण्डौ फर्कनेछ । श्री एअरलाइन्सको जहाज आज युंगुन जाँदैछ ।

आज विदेशमा समस्यामा परेको नेपाली ल्याउन र लिन जानका लागि १० वटा अन्तर्राष्ट्रिय उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

प्रतिकृया दिनुहोस्