News Portal

अचानक लद्दाख पुगे भारतका प्रधानमन्त्री मोदी

रातोपोस्ट
१२०९ पटक

एजेन्सी, असार १९। भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख पुगेका छन्। भारत र चीनबीच सीमामा तनावको स्थिति रहेकै बेला प्रधानमन्त्री माेदी शुक्रबार लद्दाखको राजधानी लेह पुगेकाे भारतीय संचारमाध्यमले जनाएका छन्।

यस्तै चीफ अफ डिफेन्स स्टाफ विपिन रावत पनि शुक्रबार बिहानै लेह पुगिसकेका छन्। यसअघि वायुसेना प्रमुख र सेनाप्रमुख पनि लेह पुगिसकेका थिए। मोदी बिहानै निमुस्थित फर्वाड पाेस्टमा पुगे। निमु पोस्ट समुद्री सतहदेखि ११ हजार फीटकाे उचाईमा छ। त्यहाँ उनले सुरक्षा अधिकारीसँग भेटेका छन्।

प्रधानमन्त्री माेदीले सेनाका जवानहरुलाई भेटेका छन्। यस्तै मोदीले गलवान भिडन्तमा घाइते भएर लेहमा उपचार गराइरहेका जवानहरुलाई पनि भेट्नेछन्।

प्रतिकृया दिनुहोस्