News Portal

कक्षा ११ को परीक्षा नहुने, कलेजले नै विद्यार्थीलाई अंक दिने

रातोपोस्ट संवाददाता
४५१ पटक

काठमाडौं, असार २१ । सरकारले यो वर्षको कक्षा ११ को परीक्षा नगर्ने निर्णय गरेको छ । वैशाख २१ गतेबाट परीक्षा सुरु गर्ने कार्यतालिका थियो ।

तर विश्वभर कोरोना महामारी बढे संगै देशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेपछी परिक्षा स्थिगित भएको थियो ।

परिक्षा स्थिगीत भए संगै बिद्यार्थीहरु अन्योलमा रहेका थिए अब परिक्षा हुन्छ वा हुदैन अनि परिक्षा भई हालेमा कुन प्रद्धतीबाट हुन्छ भन्ने ।

यसै अन्योल बिच पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कलेजले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।

विद्यार्थीको आन्तरिक मूल्याङ्कनको विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ ।

पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले कोरोना भाइरसको संक्रमणका कारण परिक्षा नहुने जानकारी दिए ।

अब कलेजहरुले नै विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि सरकारले एसईई परीक्षा नगर्ने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्